राष्ट्रपतीले बिआरआई सम्मेलनमा भाग लिन चिन जानु उपयुक्त हाेइन: डा. कोइराला

बैशाख १५,काठमाडाैँ ।  नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संबैधानिक राष्ट्रपती बिध्यादेवी भण्डारीले कार्यकारी राष्ट्रपती जस्तो गरी बिआरआई सम्मेलनमा भाग लिन चिन जानु उपयुक्त नभएको बताएका छन् । 

 

डा. कोइराला भने-“पछिल्ला दिनहरुमा जसरी राष्ट्रपतीको क्रियाशिलता जसरी बढिरहेको छ, यो लोकतन्त्रको लागी शुभ संकेत होइन । जुन काम कार्यकारी प्रधानमन्त्रीले गर्नु पर्ने हो त्यो काम संबैधानिक राष्ट्रपतीले गर्दै हिडिरहेकाे छ । यसबाट के सन्देश दिन खोजेको ?” 

null

नेपाली काँग्रेस कोहलपुर नगरसमिती, बाॅकेको भेलालाई संबोधन गर्दै डा. कोइरालाले वालुवाटार र टूॅडिखेलको जग्गा प्रकरणमा सत्यतथ्य सार्बजनिक गरेर जो दोषी देखिए पनी कारबाही हुनुपर्ने बताए । सरकार, भूमाफिया, राजनितिज्ञ र महानगरपालिकाको मिलेमतोमा वालुवाटारको जग्गा बिक्री गरेको र टूॅडिखेलको जग्गा भाडामा लगाएको बताएका छन् । 

कोइरालाले दुई तिहाईको दम्भमा सरकार संस्थागत र संगठित रुपले भ्रष्टाचारमा लिप्त भएको बताए । 

काँग्रेस केन्द्रिय धनराज गुरुङ्ले गरिब नेपालीको रगत-पसिना चुसेर राष्ट्रपती र प्रधानमन्त्रीले आलिशान जिवन बिताईरहेको बताए । केन्द्रिय सदस्य गुरुङ्ले कम्युनिष्टको बर्को ओढेर सिंहदरबारमा बसेर मुलुकमा लुटपाट नमच्चाउॅन प्रधानमन्त्रीलाई चेतावनी दिए । गुरुङ्ले भ्रष्ट्राचारको चाङ्मा उभिएर समृद्धिको सपना नदेख्न पनी प्रधानमन्त्रीलाई चेतावनी दिए ।  

बाॅके काँग्रेसका सभापती किरण कोइरालाले प्रतिपक्ष कमजोर भएकाले सरकारका कमी कमजोरी जनता सामु आउॅन नसकेको बताए । ट्रेड युनियन काँग्रेसका केन्द्रिय उपाध्यक्ष अजय राईले बर्तमान सरकार श्रमिक बिरोधी भएको बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *