मलाइकाको लागि यी सुपरस्टारकी छोरीलाई छोडेका थिए अर्जुनले
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
बैशाख ६, नयाँ दिल्ली । अर्जुन कपूर र मलाइका अरोडा पछिल्लो समय चर्चामा छन् । उनीहरुको विवाह प्रसंगले पनि सञ्चार माध्यममा राम्रै स्थान पाएको छ ।
यसअघि अभिनेत्री आथिया शेट्टीसँग पनि चर्चामा आएका थिए अर्जुन कपूर । दुवै जनालाई एउटै पार्टीमा भेटेपछि उनीहरुको डेटिङको अड्कल लगाउन सुरु गरिएको थियो ।
null
मिडिया रिपोर्ट्सका अनुसार अर्जुनको जीवनमा मलाइका आएपछि आथिया र अर्जुनको बाटो अलग भएको थियो ।
प्राप्त जानकारी अनुसार दुवै जना एक अर्कासँग कुरा समेत गर्दैनन् । उनीहरु छुट्टीनुको कहानी निकै दुःखद थियो । आथियाले अर्जुनको घरमा पनि आफ्नो सम्बन्ध तोडेकी थिइन् ।
दुवै जना रिलेशनशिपमा रहँदा आथिया अर्जुनको जुहूस्थित घरमा प्रायः गइरहन्थिन् । सोही शिलशिलामा अर्जुनकी बहिनी अंशुला र आथियाबीच राम्रौ दोस्ती पनि भएको थियो । यद्यपी अहिले पनि उनीहरु राम्रो साथी छन् ।
प्राप्त जानकारी अनुसार मलाइका अर्जुनको जिन्दगीमा आएपछि उनीहरुबीचको दूरी बढेको हो । मलाइकाले अर्जुनमाथि आथियासँग टाढा रहन दबाव दिएकी थिइन् ।
आथिया अभिनेता सुनिल शेट्टीकी छोरी हुन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)