बाराका हावाहुरी प्रभावितलाई सपना भिलेज र रेवानको सहयोग
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
चैत्र २०, चितवन । चितवनको पर्यटकीय नगरी सौराहाका दुई छुट्टा छुट्टै संस्थाले बाराका हावाहुरी प्रभावितलाई बुधवार राहत वितरण गरेका छन ।
सौराहाको सपना भिलेज सोसल इम्प्याक्ट र रेष्टुरेष्ट एण्ड बार एशोशियसन (रेवान) सौराहाले बाराका ३०० घरधुरी हावाहुरी प्रभावितलाई राहत वितरण गरेका हुन ।
दुई संस्थाले सयुक्त रुपमा हावाहुरीले घरबार विहीन बनेका प्रभावितलाई झुल, तन्ना, ब्रस, मन्जन, साबुन र महिलाहरुका लागि सेनेटरी प्याड वितरण गरेको हो ।
null
बारा जिल्लाको फेटा गाउँपालिका अन्तर्गत वडा नं १ को भरबलिया र २ को विनबलियाका हावाहुरी प्रभावितलाई तत्कालका लागि आवश्यक रहेको सामग्री सहयोग गरिएको सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।
फेटा गाउँ पालिकाका अध्यक्ष अमिरीलाल प्रसालको रोहवरमा राहत वितरण गरिएको हो । सोसल इम्प्याक्टका अध्यक्ष गिरी, रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले पीडितहरुलाई राहत हस्तान्तरण गरेका थिए ।
प्रभावित क्षेत्रको अबलोकन गरी उनीहरुको आवश्यकता अनुुसार सामग्री वितरण गरिएको रेवान सौराहाका अध्यक्ष गिरीले बताए । राहत वितरणका लागि दुई अध्यक्ष सहित सपान स्कुलकी अध्यक्ष बर्षा पुरी, रत्ननगर नगरपालिकाकी कार्यपालिका सदस्य सरस्वती लामा, इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेत, महिला अधिकारकर्मी ज्वाल पुरी वन, रेवानका कार्यसमिति सदस्य बीरबहादुर लामा, गौतम गिरी, अनिल अर्याल, दिपेश चौधरी लगायतको सहभागिता रहेको थियो ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)