नसर्ने रोगका विरामीको संख्या बढ्दै 

 

चैत २४ चितवन । सर्ने भन्दा नसर्ने रोग बढ्दै गएकाले सचेतना अपनाउनु पर्नेमा चिकित्सकले जोड दिएका छन् । राप्ती नगरपालिकाको स्वास्थ्य शाखाले आईतवार आयोजना गरेको नसर्ने रोग सम्वन्धी सरोकारवालाहरुबीचको अभिमुखीकरण कार्यक्रममा डाक्टर वसन्त रिजालले नसर्ने रोगका विरामी बढ्दै गएको बताए । 

मोटोपन,विलाशिता,मादक पदार्थ सेवन आदि कारणले नसर्ने रोगको संख्या बढेको उनले बताए । नसर्ने रोग मध्ये विषेशत उच्च रक्तचाप र मधुमेहका रोगी धेरै छन् । त्यस्तै महिलाको पाठेघर र स्तनको क्यान्सर पनि नसर्ने रोगमा पर्छ । विलाशिता,खानपान नसर्ने रोगका प्रमुख कारक हुन् डाक्टर रिजालले भने – स्वयम व्यक्ती सचेत नभए यसले विकराल रुप लिन्छ । तत्काल नसर्ने रोगको खतरा नभएपनि रोग लागेको १० वर्ष भिमा ज्यानै समेत जान सक्ने डाक्टर रिजालको भनाई छ । 

null

कार्यक्रममा उच्च रक्तचाप,मधुमेह,दम,क्यान्सरका लक्षण,वच्ने उपायका कारण सरोकारवालाहरुलाई जानकारी गराएको स्वास्थ्य शाखाका सहसंयोजक राममणी सिलवालले बताए । राप्ती नगरपालिकाकी मेयर प्रभा वरालले नगरवासीको स्वास्थ्य प्रति नगरपालिका सचेत रहेको उल्लेख गर्दै नसर्ने रोगका बारे नगरवासीलाई सचेतना मुलक कार्यक्रम गरिने बताईन् । 

मेयर वरालले नगर भित्र रहेका स्वास्थ्य संस्थाहरुलाई नसर्ने रोगका बारे चेतना अभिवृद्धी गराउन निर्देशन समेत दिईन् । कार्यक्रममा नगरपालिकाका वडाध्यक्षहरु,कार्यपालिका सदस्य,स्वास्थ्य शाखा संयोजक लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीको सहभागीता रहेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *