२६२ जना भूकम्प पीडितको नाम हटाउन पत्राचार

 

बैशाख १, गोरखा । राष्ट्रिय पुननिर्माण प्राधिकरणमा गोरखाका २६२ जनालाई  भूकम्प पीडितलाई लाभग्राहीको लिष्टबाट बञ्चित गर्न पत्राचार गरेको छ । 

जिल्ला आयोजना कार्यान्यवन इकाइका प्रमुख रामशरण आचार्यको अनुसार मृत्यु भएका, दोहोरो नाम परेका तथा नक्कली भुकम्प पिडितको नाम लाभग्राहीको लिष्टबाट नाम हटाउन राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पत्राचार गरिएको हो । 

null

हाल स्थानीय तहको सहयोगमा मृत्यु भइसकेका र दोहोरो नाम परेकाहरुको छानबिन गर्ने काम भइरहेको उनले बताए । जस अनुसार कुल ७० हजार ९८८ लाभग्राही पहिचान भइसकेका मध्य अहिले सम्म ६५ हजार ६७८ जनासँग सम्झौता भएको प्राधिकरणले जानकारी दिएको छ । ती मध्ये ४९ हजार ३६ जनाले घर बनाई सकेर तेस्रो किस्ता समेत लगि सकेको भेटिएको छ । 

त्यस्तै ५७ हजार ८८७ लाभग्राहीले दोस्रो किस्ता लगेका छन् भने ६४ हजार ५७८ जनाले पहिलो किस्ता लिएका छन् । करिब ५ हजार ३१० जनाको नाम रेट्रोफिटिङका लागि सूचीकृत भएको तर पूर्ण लाभग्राहीमा नाम समावेश हुनुपर्ने भन्दै अधिकांशले पुनरावेदन गरेको प्राधिकरणले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *