कंलकी चोकमा जे देखियो…

 

बैशाख ५, काठमाडौं । राजधानीको कंलकी चोक नजिकै फरक दृष्य देखियो । 

सधैँजसो गल्ती गर्ने, मापसे गरी सवारी साधन चलाउने, विपरित दिशाबाट ओभरटेक गर्ने, ओभरलोड सामान बाेक्ने, जथाभावी सडकमा अव्यवस्थित पार्किङ गर्ने, जथाभावी यात्रुहरु ओराल्ने चढाउने लगायत ट्राफिक नियम उल्ङघन गर्ने सवारी साधनलाई कारवाही गर्न व्यस्त कंलकी ट्राफिक प्रहरी आज भने नयाँ शैलीमा देखियो । 

null

काठमाडौंमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले चालकहरुलाई ट्राफिक नियमबारे जानकारी गराउन घुम्ती सचेतना कार्यक्रम ल्याएको छ । 

 

उक्त कार्यक्रम ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्युनिकरण लगायत विषयमा केन्द्रित रहेको छ । 

गत वर्ष साउन महिना देखी चैत्र मसान्त सम्म सवारी दुर्घटनामा १९२ जनाले ज्यान गुमाई सकेका छन् । जसमध्ये ९० जना मोटरसाईकल र स्कुटर चालक रहेको ट्राफिक प्रहरी प्रमुख बसन्त कुमार पन्तले बताए । यो कार्यक्रम सञ्चालन भएदेखि हाल सम्म सुकेधारा, गौशाला, धुम्वराही, चप्पल कारखाना लगातयका विभिन्न ८ स्थानमा जेव्रा क्रसिङ बनाउनुका साथै बाकुमारी, गोपीकृष्ण, हनुमानथान र भत्केको पुलको कोरिडोर सडक समेत निर्माण गरी सञ्चालनमा ल्याइएको छ । 

 

सवारी साधनबाट हुने वातावरण प्रदुषण न्युनिकरण गर्न ५२५ सवारी साधनलाई कारवाही गरिएको छ । सडक सुरक्षा र सवारी दुर्घटना न्यनिकरण गर्न हाल सम्म २६७० सवारी चालकहरुलाई घुम्ति सचेतना प्रदान गरिएको महाशाखा प्रमुखले बताए । 

विशेषगरी दुई पांग्रे सवारी साधनहरुले ट्राफिक नियम उल्लंघन गरी लापरवाहीपुर्ण तरिकाले सवारी चलाउने हुँदा ती सवारी साधनलाई लक्षित गरेर सचेतना कार्यक्रम सञ्चालनमा ल्याइएको हो । 

एक पटकमा १० ओटा दुई पाङग्रे सवारी साधन रोकी ट्राफिक प्रहरीले सडक सुरक्षा र सवारी दुर्घटना न्युनिकरणका लागि दैनिक एक घण्टा मोटर साईकल, स्कुटर चालकहरुलाई पाँच मिनेट सडकमा रोकि सडक सुरक्षा र ट्राफिक नियमको बारेमा सचेतना प्रदान गर्दै आएको ट्राफिक महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीका प्रहरी निरीक्षक केशब राज भट्टले बताए । 

 

प्रत्येक चालकलाई ५ मिनेटको घुम्ति सचेतना अन्तर्गत दुई पांग्रे सवारी साधनहरुले हेलमेट लगाउने, लेन अनुसासन, जथाभावी ओभर टेक गर्ने, ओभर स्पीडमा चलाउने, दुई सवारी साधनको विचको साधुरो ठाउँमा छिर्ने, ठुलो आवाजका सवारी साधन चलाउने र जिकज्याक गरी चलाउने कुरामा केन्दि«त रहेर सचेतना प्रदान गरिएको प्रहरी निरक्षक भट्टले बताए । 

यो सचेतना कार्यक्रमलाई ट्राफिक प्रहरी महाशाखाले प्राथमिकता दिएर जरिवाना र कारवाही भन्दा ट्राफिक नियमको पालना आफ्नो लागि हो भन्ने कुराको सचेतना चालकले पाए पश्चात् चालकहरुको प्रतिक्रिया निकै सकारात्मक देखिएको छ । 

 

ट्राफिक अनुगमनमा आएका महानगरीय ट्राफिक प्रहरी दरवार मार्गका प्रहरी निरिक्षक दया कृष्ण भट्टले यो सचेतना कार्यक्रम राजधानीका विभिन्न स्थानहरुमा नियमित रुपमा सञ्चालन भइरहेको जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *