अनुहारको रौं हटाउन पार्लर गएकी यी युवती कसरी कुरूप भईन् ?
चैत्र २६ । प्राय सबै महिलाहरुमा सुन्दर भएर हिड्ने चाहना हुन्छ । त्यसका लागी महिलाहरु विभिन्न कस्मेट्रिक चिजहरुको प्रयोग गरेर वा व्युटी पार्लर धाएर भएपनि सुन्दर र आकर्षक बनेर हिड्दछन् । तर पार्लरमा ट्रिटमेन्टमा भएको सानो गल्तीले राम्रो हुन खोज्दा कुरुप भएको थुप्रै उदाहरणहरु छन् । आज हामी त्यस्तै एक पछिल्लो उदाहरण बनेकी अस्ट्रेलियाकी एक युवतीको बारेमा कुरा गदैछौ ।
उनको नाम लिलियन पल हो । उनले आफ्नो अनुहारको रौ हटाउन स्किन ट्रिटमेन्ट लिदाकोे डरलाग्दो अनुभव शेयर गरेकी छिन् । उनी एक दिन आफ्नो अनुहारमा रौ आएकाले लेजर ट्रिटमेन्ट मार्फत रौ सफा गर्नका लागी पार्लर पुगकी थिइन् । तर व्युटी पार्लरबाट निस्कदा उनी छालाको खराबीको कारण झन् कुरुप भइन् । किनभने पार्लरमा लिलियनको आधा अनुहार जलेर कालो भयो ।
null
त्यसपछि उनी अस्पताल गइन् । डाक्टरको अनुसार उनको यो भयानक घाउ निको हुन लामो समय लाग्ने भएकाले जागिर र घरबाहिर निस्कन बन्द गर्नु पर्ने बताए । उनको घाउ १ वर्षपछि मात्र निको भयो । तर अनुहारको हालत भने उस्तै कुरुप नै छ । अहिले उनी विना मेकअप बाहिर निस्किदिनन् । एजेन्सी