कपाल फुल्नुको यस्ता छन् कारण
बैशाख ५ । मानिसको उमेर बढ्दै गएपछी सेतो कपाल फुल्नु स्वाभाविक हो । तर कसै कसैमा सानै उमेर देखी नै सेतो कपाल फुल्ने समस्या हुन्छ । सेतो कपाल फुलेको देख्दा बुढो भयो भनेर जिस्काउने चलन पनि छ । सेतो कपाल फुल्दा हाम्रो सौन्दयलाई पनि असर गरी रहेको हुन्छ । कपाल सेतो हुनुमा मुख्य कारण जेनेटिक्स भएपनी अन्य कारणले पनी कपाल फूल्ने गर्दर्छ ती कारणहरु के–के हुन सक्छ तल दिईएको छ ।
– अनहेल्दी डाइडः डाइडको सीधा असर स्वास्थ्यमा पर्दछ । त्यसैले डाइडलाई सन्तुलित बनाउन आवश्यक छ । डाइडमा नुट्रियसको कमि हुनाले कम उमेरमा कपाल सेतो हुन्छ । शरीरमा हुने भिटामिन बीका कारण कपाल रुखो हुन्छ ।
null
– प्रदुषणः वायु प्रदुषणले कपाललाई निकै नोक्सान भएको छ । हावामा रहेको प्रदुषित तत्वले कपाललाई ड्यामेज गर्ने गर्दछ यसका साथै सेतो समेत बनाउँछ । एक्सपर्टका अनुसार प्रदुषित हावामा रहेको फ्री रेडिकल्स मेलानिनले कपाललाई सेतो बनाउँदछ ।
– तनावः उमेरभन्दा पहिले नै कपाललाई सेतो गर्ने अर्को मुख्य कारण तनाव पनि हो । तनाव लिने गरेपछि कपाल चाँडै आफ्नो प्राकृतिक रंग बदलेर अर्कै रंग फेर्ने गर्दछ ।
– धुम्रपानः यो पनि कपाललाई सेतो बनाउने एक कारण हो । २०१३ मा प्रकाशित एक अध्ययनका अनुसार जो मानिस धुम्रपानको लतमा छ, उसको कपाल सामान्य मानिसको भन्दा सेतो हुने सम्भावना २५ प्रतिशत बढी रहन्छ ।
– हर्मोनः शरीरमा हर्मोनको स्तर बिग्रिने कारणलेपनि कपाल चाँडै सेतो हुन्छ । हर्मोन असन्तुलित भएमा कपाल रुखो, सुख्खा हुने हुन्छ । कपालको चमक खतम हुन्छ । कपाल झर्ने समस्या पैदा हुन्छ ।