चीन भ्रमणमा जाँदै राष्ट्रपति भण्डारी

२०७६ वैशाख २ गते

वैशाख १, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अर्को साता चीन भ्रमणमा जाने भएकी छिन् ।
बेइजिङमा अप्रिल २६ र २७ मा हुने बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी २४ अप्रिलमा चीन जान लागेकी हुन् ।
null
सम्मेलनमा राष्ट्रपति भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बेइजिङ भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीसँग भेट गर्ने कार्यक्रम छ । दुई समकक्षीबीच वान अन वान र द्वीपक्षीय भेटवार्ता हुने बताइएको छ।
सम्मेलनमा हालसम्म ४० देशका सरकार तथा राष्ट्र प्रमुखहरुसहित १०० देशका प्रतिनिधिहरुले सहभागिता जनाउने छन्।

२०७६ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित