बेलायती सेनामा कार्यरत नेपाली सैनिकको अधिकारका लागि पहल गर्न नारायणकाजीको आग्रह

२०७५ चैत २३ गते

चैत २२, काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले बेलायती सेनामा कार्यरत नेपाली सैनिकको न्यायोचित अधिकारका लागि कुटनीतिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले सरकारसँग यस्तो आग्रह गरेका हुन् ।
null
बेलायती सेनामा कार्यरत नेपाली सैनिकले उठाउँदै आएका माग उनीहरुको व्यक्तिगत हक अधिकारको विषय नभई नेपालको स्वभिमानको लडाईं भएको उनको भनाइ छ ।
बेलायतस्थित नेपाली राजदूत, वेलायती सरकार समेत सहभागी भएर तयार पारिएको प्रतिवेदन कार्यान्वयन गर्न तथा ब्रिटिश सेनामा कार्यरत नेपाली सैनिकहरुको समान अधिकारको लडाईंलाई सफलताको विन्दुमा पुर्यानुपर्ने उनले स्प्ष्ट पारे ।

२०७५ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित