आफूलाई मुटुरोग भएको नभएको यसरी थाहा पाउँनुहोस्

बैशाख ११ । मुटु हाम्रो शरिरको एउटा नाजुक तथा अत्यन्तै महत्वपूर्ण अंग  हाे । मुटु मानिस बाँच्ने आधार हो र मानिस बाँच्नको लागि यो धड्किनु अति आवश्यक छ । जुन दिन यो धड्कन छोड्छ त्यो दिन मानिसको मृत्यु निश्चित छ । मुटुरोग एउटा खतरानाक रोग हो । यस रोगबाट दैनिक धेरै व्यक्तिको मृत्यु भईरहेको छ । 

 

यो रोगका बिरामी दिन–प्रदिन बढ्दै गईरहेको छ । यो रोग लागे यसकाे  उपचारमा धेरै रकम खर्च हुने हुन्छ । उपचारमा धेरै रकम खर्च भएपनी कतिले यो रोगबाट छुट्कारा पाउँछन् भने कतिको यो रोगको कारण मृत्यु नै हुन्छ । त्यसैले यसरोगलाई प्राणघातक रोग पनि भनिन्छ । मुटु रोग बिभिन्न कारण ले लाग्न सक्दछ । हामीले खानपानमा ध्यान नदिए, आफ्नो स्वास्थ्यको हेरचार नगरे यो लाग्ने सम्भावना हुन्छ । मुटुरोग लाग्दा बिभिन्न लक्षणहरु देखा पर्ने हुन्छ ती मध्ये केही लक्षणहरु तल दिएको छ । 

null

खुट्टा वा पैताला सुन्निनुखुट्टा तथा पैताला सुन्निनुका पनि विभिन्न कारणहरु हुन्छन् । तर अस्वभाविकरुपमा हात खुट्टा सुन्निुन मुटु विग्रन थालेको लक्षण हो । तसर्थ निरन्तर रुपमा हात खुट्टा फुलेमा बिरामीले तत्काल चिकित्सककहाँ जानुपर्छ किनकी यसले मुटुको समस्याको संकेत पनि गरेको हुन सक्छ । 

काँध र घाँटीमा दुखाई ह्दयघात हुँदा अधिकांश मानिसहरुले आफ्नो छातीभित्र हात्ती बसेजस्तै पीडा महशुस गर्छन् । त्यस्तै कतिपयले पाखुरामा एउटा सनसनी समवेदना हुन्छ । तरपनि सबै मानिसहरु ह्दयघातको यस्तो परम्परागत अनुभव महशुस गर्दैनन् । बरु उनीहरुको शरिरमा असजिलो, मांशपेशीमा पीडा र घाँटीमा दबाब वा काँध दुख्छ । 

कमजोर यौन गतिविधियौन दुर्बलतालाई प्रजनन स्वास्थ्य वा दिमागसँग पनि सम्बन्धित रहेको मान्दै आएको छौं । तर, पुरुषहरुमा यौन दुर्बलता देखिनु पनि मुटु रोगको एक मुख्य लक्षण हो । 

मुटुमा रगत पुर्याउने रगतका धमनीमा समस्या भएमा पुरुषको यौन उत्तेजनामा समस्या उत्पन्न हुन्छ । स्त्रीहरुमा यौन रसको स्खलन नहुनु भनेको रजस्वला रोकिन स्कने लक्षण हो । तसर्थ रजस्वला रोकिएपछि मुटु रोगका खतरा बढ्न सक्छ । तर, रजस्वला रोकिनु आफैमा मुटुजन्य समस्या होइन । 

‘रजस्वला रोकिदैमा मुटु रोग ननिम्त्याए पनि रक्तचाप र कोलस्टोलको तहमा परिबर्तन जस्ता निश्चित मुटुसँग सम्बन्धित समस्या रजस्वलाको समयतिर हुने गर्छ । यो समयमा अधिकांश महिला अझै निष्क्रिय हुने भएकाले पनि यस्तो जोखिम बढेको हो । 

घुर्ने तथा निन्द्रामा असन्तुलनघुर्ने मानिसको नजिकै सुत्नु पनि दिक्दारी नै हो । तर, घुराई दिक्दारीको अतिरिक्त मुटु रोगको लक्षण पनि हो । रातभर सुतेपछि दिउसो पनि निन्द्रा लागे जस्तै घुर्नु पनि निन्द्रा असन्तुलनको एउटा पाटो हो । 

उनका अनुसार घुर्दाखेरि श्वास–प्रश्वासमा कठिनाई हुने र यसले ह्दयघात तथा स्ट्रोकको खतरा निम्त्याउँछ । घुर्ने व्यक्तिको मुटुको गति यति तीब्र हुन्छ कि जसका कारण कहिलेकाहिँ कमजोर रगत प्रवाह हुन्छ । 

स्खलनस्खलन र मुटुरोगबीचको सम्बन्धलाई थोरै मानिसहरले प्रष्ट पारेका छन् । तर अस्वस्थ स्खलन मुटुसँगसम्बन्धि समस्या हो । बारम्बारको स्खलनले शरिरमा कम्जोरी ल्याउने हुन्छ। यसले ह्दयघात र मुटुसँग सम्बन्धित अन्य समस्या निम्त्याउँछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *