राप्रपाले सोमबार सिंहदरबारमा शक्ति प्रदर्शन गर्ने

२०७५ चैत २३ गते

चैत २२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार सिंहदरबारमा शक्ति प्रदर्शन गर्ने जनाएको छ ।
जनसंघर्ष समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा आज बसेको बैठकले चैत २५ गते सिंहदरबारमा धर्ना दिने निर्णय गरेको हो ।
null
पार्टी अध्यक्ष कमल थापासमेत उपस्थित उक्त बैठकले धर्ना कार्यक्रमलाई पार्टीको शक्ति प्रदर्शनको रुपमा सफल पार्न पार्टीका सबै तहलाई आग्रह समेत गरेको छ।
राप्रपाले चैत १७ गतेदेखि देशव्यापी रुपमा सञ्चालन गरेको हस्ताक्षर संकलन अभियानलाई चैत मसान्तसम्म जारी राख्ने पनि जानकारी दिइएको छ ।

२०७५ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित