सरकारकाे दमन विरूद्ध विप्लवद्वारा सरकारलाई चेतावनी
मकालु खबर
२०७६ वैशाख ८ गते
बैशाख ८, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले सरकारलाई आफ्नो पार्टी प्रति गरेको दमन बिरुद्धको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएकाे छ ।
बिप्लव समूहले शनिबार विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएकाे हो । जारी विज्ञप्तिमा आफ्ना कार्यकर्ताहरुलाई बिभिन्न आरोपमा गिरफ्तार गरी चरम यातना दिई रहेकाले उनीहरुको तत्काल रिहाईको माग गरेका छन् ।
null
विप्लव समूहको केन्द्रिय सदस्य चूडामणि ओली, चन्द्रबहादुर खड्का र विश्वलाइ बैशाख ६ गते सरकारले दोस्रो पटक गिरफ्तार गरेकाे थियाे ।
उनीहरुको रिहाईको माग गर्दै जारी बिज्ञप्तीमा लेखिएको छ, यदी केपी सरकारले हाम्रो पार्टी माथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकिएन भने हामी यसको बिरुद्धमा सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौँ । र, यस प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवारी सरकार नै हुनेछ ।
मकालु खबर
२०७६ वैशाख ८ गते
प्रतिक्रिया
सम्बन्धित