भ्रष्टाचारको गन्ध पनि सहन्नः प्रधानमन्त्री


चैत २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कहीँ कतैबाट भ्रष्टाचारको गन्ध आएमा आफूलाई सैह्य नहुने बताएका छन् ।
आइतबार सिंहदरबारमा बसेको गरिबी निवारण कोषको ७० औं सञ्चालक समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
null
‘सबै सरकारी निकायले परिणाम देखिने गरी पारदर्शी ढंगले काम गरौं । कहिँ कतैबाट भ्रष्टाचारको गन्ध आए सैह्य हुँदैन’, प्रम ओलीले भने ।
गरिबी निवारण कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको नीतिलाई व्यवहारमा लागु गर्न सबै सरकारी निकायलाई आग्रह गर्दै आएका छन् । भ्रष्टाचारलाई निमूल पार्न भ्रष्टाचार रोकथामका निरोधात्मक, दण्डात्मक एवं प्रवद्र्धनात्मक सबै उपायहरु अवलम्बन गरिने उनको भनाइ छ ।
यस्तै प्रम ओलीले गरिबी निवारणको क्षेत्रमा गरेका कामको मूल्यांकन गरेर मात्रै गरिबी निवारण कोषको लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्ने बताएको कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले जानकारी दिए।
कोषले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ । त्यसैगरी ३२ हजार गरिवी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट सञ्चालन गर्ने निर्णय पनि गरिएको कोषका उपाध्यक्ष भट्टराईले बताए ।
गरिवी निवारणसँग सम्बन्धित हाल ३२ हजार संस्थाहरु रहेका छन्। उनीहरुको सञ्चालनमा र त्यसमा रहेको कोषको परिपाचन पनि स्थानीय तहले नै गर्ने कोषले निर्णय लिएको पनि गरिवी निवारण कोषले जनाएको छ।
