किशोरीको मृत्युपछी स्थानिय र प्रहरीबिच झडप हुँदा ७ प्रहरी घाईते
बैशाख १७, कैलाली । कैलालीको लम्कीमा स्थानियबासी र प्रहरीबिच मुढभेड हुँदा एक शिक्षक र ७ प्रहरी घाईते भएका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका ३ मा सुनिता रावलको मृत्यु भएपछी उनका आफन्त र स्थानियवासीले आन्दोलन गरेपछी प्रहरी र आक्रोशित स्थानियवासीबीच मुढभेड हुँदा ७ प्रहरी र एक शिक्षक घाईते भएक हुन् ।
null
घाइतेहरुको कैलालीको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । आन्दोलनकारीहरुले पूर्वपश्चिम राजमार्गका सडक सम्म अबरुद्ध गरी सडकमा बिरोध प्रदर्शन गरेको र सडक खुलाउन प्रहरी जाँदा प्रहरीमाथि ढुंगा प्रहार गरी प्रहरीलाई घाइते बनाएको कैलालीका एसपी आभूषण तिमिल्सेनाले बताएका छन् ।
मृतक सुनिताकाे ना ७ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट मृत्यु भएको थियो । उनको शवलाई स्थानियबासी र मृतकको आफन्तले अझै उठाउन मानेका छैनन् । हाल कैलालीको लम्कीबजारको अवस्था तनावग्रस्त भएको छ ।