‘प्रतिपक्षीलाई प्रदेश सरकारले विभेद गर्याे’

 

बैशाख ६, विराटनगर । १ नम्बर प्रदेश सरकारले योजना छनौटदेखि कार्यान्वयन तहमा समेत प्रतिपक्षलाई विभेद गरेको गुनासो आएको छ । 

प्रदेश सभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य सज्जाकुमारी चौधरीले प्रदेश सरकारले निर्माण गर्ने बिकास योजना छनौटका लागि हरेक शिर्षकमा आफूहरुले योजना हालेको भएपनि योजना छनौटको प्रकृयामा भने नराखिएको भन्दै प्रतिपक्षका योजनाहरुमा सरकारले झेल गरेको बताइन् । 

null

उनले भनिन्, ‘सरकार अहिलेसम्म गरेको काम कारवाहीको मुल्यांकनमा एकलौटी ढंगमा अघि बढेको देखिन्छ, सरकारले मात्र सबै थोक गर्ने भए हामीलाई अब दुःख नदिनुहोस् ।’ 

उनले सरकारले भन्दै आएको सहकार्य समन्वय भन्ने कुरा ओठे बोलीमा मात्र सिमित बनेको भन्दै यस बिषयमा सरकार गम्भिर हुन आग्रह गरिन् । 

सभासदस्य रामबहादुर मगरले झापा र इलामका चिया मजदुरले सेवा सुविधा बृद्धीको माग गर्दै गरिरहेको मजदुरको आन्दोलनलाई चाँडो भन्दा चाँडो सुल्झाउन प्रदेश र केन्द्र सरकारको ध्यानकर्षण गराए । उनले दुई जिल्लाका २ सय ९० भन्दा बढी मजदुर आन्दोलनमा रहेको जानकारी सदनलाई गराएका थिए । 

उनले सरकारले तोकेको न्युनतम ज्याला श्रम ऐन २०७४ कार्वान्वय नहुदा चिया मजदुर समस्यामा परेकाले उनीहरुको समस्यालाई विशेष व्यवस्था गर्न चाँडै विकल्प खोज्न आग्रह गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *