दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

झापा, ५ जेठ । दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा झापामा शनिवार एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित कालीझोडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ९ प १७८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ८१८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । 

 

सवारी दुर्घटनामा परी ८१८६ नम्बरको मोटरसाइकल चालक मेचीनगर–१४ दुवागढीका ४१ वर्षीय अर्जुन सुनुवारको मृत्यु भएको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । प्रहरीका अनुसार सुनुवारको उपचारको क्रममा मृत्यु भएको हो । 

null

त्यस्तै, १७८४ नम्बरको मोटरसाइकल चालक इलाम देउमाई नगरपालिका–३ का २९ वर्षीय प्रेमबहादुर मगर र सोही मोटरसाइकल पछाडि सवार सुनसरीको इटहरीकी एक युवती गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको उपचार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *