‘सरकारले दलाल अर्थतन्त्र अपनायो’

 

बैशाख २९, काठमाडौं । कृषिमा आधारित केही उद्योगहरुमा मात्रै आत्मनिर्भर हुने अवस्था छ । जस्तो उखुसँग जोडिएको चिनी । गोलभेँडासँग जोडिएको सस । हामीले डेढ अरब बराबरको सस आयात गरेका रहेछौँ, गतवर्ष । सर्लाही र धनकुटाका किसानले २ रुपैयाँमा टमाटर बेच्न नसकेर सडकमा फाल्नुपर्यो । कृषिको अवस्था यस्तो छ । 

१०/१२ करोडको उद्योगले चल्ने हो । तर हामी अभ्यस्त के मा भयौँ भने विदेशी सस खाने, स्वदेशमा उत्पादन गर्न प्रोत्साहन नगर्ने । 

null

त्यस्तै चामलमा, दालमा, मासुजन्यमा हामी आत्मनिर्भर हुन सक्छौँ । त्यो समग्र जोड्ने हो भने व्यापार घाटा भनेर कि रोइराख्ने । सबै त हामी आयातै गरिरहेका छौँ त । भएको चीज उत्पादन नगर्ने अनि व्यापार घाटा बढ्यो भनेर रोएको रोयै किन ? मैँले ८ कक्षा पढ्दादेखि यो रोदन सुनेको, अहिलेसम्म जारी नै छ यो रोदन । 

ती क्षेत्रहरुलाई फोकस गर्न नसक्नुको कारण के हो ? कृषिसँग सम्बन्धित किसान उत्पादनकर्ता र उपभोक्तासम्म जाँदा बिचौलियाको संख्या धेरै भयो । तसर्थ अर्थतन्त्रले बिचौलिया अर्थतन्त्र अपनाएको छ । गैरसंसदीय भाषामा भन्ने हो भने दलाल अर्थतन्त्र अपनाएको छ । 

पाँच रुपैयाँको तरकारी ९० रुपैयाँमा कालिमाटिमा पाइन्छ । किसानले पाँच रुपैयाँमा बेच्छ, उपभोक्ताले ९० रुपैयाँमा किन्छन्, बीचको कसले खायो ? निर्वाहमुखी भयो भनेर यहाँ सबैको भनाइ छ । कृषि निर्वामुखी नभएर के हुने त ? कृषि उत्पादनको मूल्य नै पाइँदैन । संसारमा हरेक उत्पादनकर्ताले आफ्नो उत्पादनको मूल्य निर्धारण गर्छन्, किसानबाहेक । चाहे धान होस्, गहुँ होस्, तोरी होस्, उखु होस्, कृषिका हरेक उत्पादनकर्ता भन्न सक्दैनन् कि म यति रुपैयाँ किलोमा बेच्छु । उसको उत्पादनको मूल्य निर्धारण बजारले गर्छ, बिचौलियाले गर्छ । आफ्नो उत्पादनको मूल्य आफैँ निर्धारण गर्न सक्दैन भने उसले उत्पादन किन गर्ने ?  सिधा कुरा छ, माफ गर्नुहोला । 

देशको कुल जनसंख्या मध्ये ६५ प्रतिशत किसान छन् । तीनको समृद्धि नभएसम्म समृद्धि आउनेवाला छैन । चेतना भया । र सबभन्दा कम फोकस भएको कृषि मन्त्रालयको खर्च २०६४ सालदेखि १८ प्रतिशत किसानमाथि भएको छ । ८२ प्रतिशत खर्च तामझाममा खर्च भएको छ । गाडी खरिद गर्यो अफिसरलाई, कृषिको । विदेश भ्रमण भएको छ, भवन बन्यो कृषिका लागि, किसानमाथि कति गएको छ ? कृषि र किसान फरक छन्, यो हाम्रो राज्यले छुट्याउन नसकेको हुनाले दुरावस्था छ, र रहिरन्छ । 

मैंले अर्थमन्त्रीज्यूलाई भन्न खोजेको के हो भने जुन हाम्रो राज्यका अंग र संरचना छन्, तीनको सामथ्र्य छैन । ती कमजोर छन् । अल्मतको सरकारले पनि त्यत्तिकै विकास बजेट खर्च गर्ने, दुई तिहाईको सरकारले पनि त्यतिकै गर्ने । कहाँनिर हो मेल–बेमेल ? के कारणले हो ? खर्च गर्ने निकाय जस्ताको त्यस्तै छ । कमजोर छ त्यो । हो यस्तो सरकारले बढाउनुपर्ने विषय के हो भने त्यो संरचनामा के कमजोरी भो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *