परीक्षामा विद्यार्थीले चिट चोर्न नपाएपछि..

एजेन्सी । परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन नियमहरु लागु गरिन्छ । चिट चोर्न नपाउनु परीक्षाको मुख्य नियमभित्र पर्छ । तर, भारतको उत्तर प्रदेश परीक्षा बोर्डमा सामेल विद्यार्थीहरु चोरेरै पास हुने गरेको तथ्य भेटिएको छ । भारतको युपी बोर्डका विद्यार्थीले कलेज र प्लस टूको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने गरेको समाचार भारतीय मिडियामा आइरहन्छन् तर, हालै यसको नतिजाबारे अचम्मको खुलासा भएको छ । 

 

यो बोर्डमा सूचीकृत एक सय ६५ विद्यालय एवं कलेजका एकजना विद्यार्थीले पनि परीक्षा पास गर्न सकेनन् । यस्तै, ३ सय ८८ विद्यालयको नतिजा २० प्रतिशत मुनी छ । ‘बोर्ड’ परीक्षामा चिट चोर्न नपाउँने कडा नियम लागू गरेपछि यस्तो नतिजा देखा परेको युपी बोर्डका अध्यक्ष विनय कुमार पाण्डेले बताए । 

null

२० प्रतिशतभन्दा कम नतिजा ल्याउने ३ सय ८८ विद्यालयमध्ये १ सय ३९ प्लस टु छन् भने २ सय ४९ कलेज छन् । कुनै पनि विद्यार्थी पास नहुने स्कूलमध्ये ५० सरकारी, पाँच अर्धसरकारी र ८४ नीजि विद्यालय थिए भने १५ सरकारी, ५८ अर्धसरकारी र १७६ वटा नीजि कलेज छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *