मुसहर महिलालाई शीपसँगै मेसिन प्रदान

 

जेष्ठ ९, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका १० कठारका माझी मुसहर महिलाहरुलाई सिलाई कटाई तालिम दिईएको छ । 

खैरहनीका मेयर लालमणी चौधरीको पहलमा घरेलु तथा साना उद्योग कार्यालय भरतपुरको आयोजनामा मुसहर महिलाहरुलाई तीन महिना सम्म तालिम दिईएको हो । 

null

तालिमसँगै उनीहरुलाई एक एक थान सिलाई कटाई मेसिन समेत प्रदान गरिएको छ । लोपोन्मुख अवस्थामा रहेका माझी मुसहर समुदायको आयआर्जनमा टेवा पुर्याउने उदेश्यका साथ मेसिन पनि प्रदान गरिएको हो । 

तालिमको विहीवार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा समापन गरिएको छ । मुसहर वस्तीका १५ जना महिला सहभागी तालिममा राधा चौधरीले सिलाई कटाईको प्रशिक्षण दिएकी थिईन् । 

समापन कार्यक्रममा जिसस प्रमुख डल्लाकोटीले शीपले स्वआर्जन गर्न मद्यत गर्ने भएकाले शीपलाई व्यवहारमा उतार्न आग्रह गरे । खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले मुसहर समुदाय आफै सक्रिय भए अव माछा मारेर जीवन गुजारा चलाउन नपर्ने वताए । मुसहर समुदायको जीवन सहज वनाउनकै लागि उनीहरुलाई अहिले घर निर्माणको काम भईरहेको मेयर चौधरीले वताए । 

खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलिया,घरेलु तथा साना उद्योग कार्यालय भरतपुरका प्रमुख रमेश कर्मचार्य, कार्यालयका प्रमुख प्रशिक्षक नारायणदत्त त्रिपाठीले मन्तव्य राखेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *