अब एक विद्यार्थी एक छात्रबृत्ति मात्र

जेठ १५, काठमाडौं । शिक्षा तर्फ आधारभूत तथा माध्यामिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिनेछ । विद्यालय भर्ना भइ नियमित अध्ययन गर्न नसक्नेलाई अनौपचारिक शिक्षा तथा खुल्ला विद्यालय सञ्चालनको ब्यवस्था गरिनेछ । 

७० जिल्लालाई पूर्ण साक्षर गराईनेछ । राष्ट्रपति शैक्षिक सुधार कोष स्थापना गरी सामुदायिक शैक्षिक संस्थाको सुधार गरिनेछ । पूर्वाधार विकास, पुर्नसंरचना, पाठ्यपुस्तक, खेलमैदान, प्राविधिक शिक्षाका लागि कोषमा ५ अर्ब विनियोजन गरिएको छ । 

०७६ देखि ०८५ लाई सामुदायिक विद्यालय शैक्षिक गुणस्तर अभिबृद्धि दशकका रुपमा कार्य गरिनेछ । आगामी वर्ष ३०० विद्यालयको भवन निर्माण र कक्षाकोठा थप गरिनेछ । यसका लागि ८ अर्ब ५३ करोड विनियोजन गरिएको छ । 

null

नेपाल सरकारबाट प्रदान गरिने छात्रबृत्तिलाई एकत्रित गरि एक विद्यार्थी एक प्रकारको मात्र छात्रवृत्ति शुरु गरिनेछ । जहाँ १० लाख ७६ हजार दलित १९ लाख ६५ हजार छात्रा र ६३ हजार अपाङगता भएका विद्यार्थी लाभान्वित हुनेछन् । जसका लागि सरकारले ३ अर्ब १९ करोड विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *