चोरी भएको चार दिनपछी सामान सहित ४ पक्राउ

बैशाख २६, बीरगञ्ज । वीरगञ्जमा चोरी भएको ४ दिन पछि प्रहरीले चोरी गरेको सामान सहित ४ चोरलाई पक्राउ गरेको छ । 

 

उनीहरुले वीरगञ्ज महानगरपालिका २१ रामगढवास्थित ज्ञानदा एकेडेमी स्कुलबाट ४ दिन अगाडी बिभिन्न सामाग्रीहरु चोरी गरेको प्रहरीले जनाएको छ । 

null

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ११ कृषि औजार पछाडि डेरा गरी बस्ने बलबहादुर थापा, श्रीपुर बस्ने मोजामिल मिया, वडा नम्बर २४ बस्ने गीतादेवी कुशवाहा र उनका श्रीमान मनुकुमार गुप्ता रहेका छन् । 

क्राइम टोलीका इन्चार्ज प्रहरी निरीक्षक राजेश दत्तले बताए अनुसार पक्राउ परेका उनीहरुको स साथबाट एउटा मनिटर, ४८ इन्चको एलइडी टिभी, चारवटा ल्यापटप, चार्जरसहितको एलइडी, एउटा माइक, दुईवटा एमसिबी बक्स, एउटा आगो निभाउने मेसिन, सटर फोड्न प्रयोग गरिएको २ वटा फलामको रड र नेपाली तथा भारतीय गरी २८ हजार ६ सय रुपैयाँ फेला पारिएको छ । 

पक्राउ परेका उनीहरुमाथी आवश्यक कारवाही अघी बढाई सकिएको प्रहरीले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *