चक्रवात ‘फानी’ को प्रभाव आज नेपालमा पनि देखिने

  

                                                                       फाइल तस्विर 

बैशाख २०, काठमाडौं । शुक्रबार र शनिबार नेपालमा पनि चक्रवात ‘फानी’ को प्रभाव देखिने भएको छ । 

null

बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’ को प्रभाव नेपालमा पनि देखिने जानकारी दिँदै जल तथा मौसम विभागले सतर्क रहन आग्रह गरेको छ । 

आजबाट यो प्रणाली भारतको ओड़ीसा को तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने र यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज र भोलि मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन र चट्टयाङ तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने मौसमविद्ले जानकारी दिए । 

मौसमविद्का अनुसार एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहको छ भने हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ । साथै देशको पश्चिमी क्षेत्रमा आज पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ र हिमाली भू भागमा पनि हिमपातको सम्भावना रहेको छ । 

आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *