देवर र भाउजुको अवैध सम्बन्धका कारण श्रीमतीको हत्या

बैशाख २६, जनकपुरधाम । श्रीमतीलाई पेट्रोल छर्की जिउँदै जलाई फरार भएका मुकेश यादव पक्राउ परेको धनुषाका प्रहरीले जनाएको छ 

 

उनलाई कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरिएको प्रहरी प्रमुख शेखर खनालले बताएका छन् । उनले भाउजु श्यामादेवीसँग अवैध सम्बन्ध भएको कारण श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । 

null

वैशाख ५ मा धनुषाको शहीदनगर नगरपालिका १ चिरैया बस्ने मुकेश यादवले २२ बर्षीया पत्नी निर्मलादेवीको शरीरमा पेट्रोल छर्केर आगो लगाई फरार भएका थिए । ५ महिना अगाडी मात्र बिवाह बन्धनमा बाँधिएकी मृतक निर्मलादेवी मृत्युसँग लड्दा लड्दैँ उपचारका क्रममा बैशाख १६ गते मृत घाेषित भएकी थिइन् । 

श्रीमती निर्मलादेवीकको हत्या गरी भाउजु श्यामादेवीसँग बिहे गर्ने योजना बनाएका मुकेशलाई श्रीमती निर्मलादेवीले भाउजु सँग आपत्तीजनक अवस्थामा देखेपछी निर्मलादेवी र मुकेशको विवाद हुँदा मुकेशले ‘तेरो सबै लुगा जलाइदिन्छु’ भन्दै धम्की दिएर पेट्रोल लिन निस्किए । घरनजिकै उनको भाउजु श्यामादेवीकै पसल थियो, जहाँ उनले पानीको बोतलमा पेट्रोल बेच्दै आएकी थिइन् । पेट्रोल लिन भाउजुको पसल पुगेका मुकेशलाई भाउजु श्यामादेवी लुगामात्र किन त्यसलाई नै जलाई देउ अनी हामी भागेर बिहे गरौँला भनेपछी निर्मलादेवीलाई पेट्रोल छर्की जलाएको मुकेशले प्रहरीलाई दिएको बयानमा खुलेको छ । 

मुकेशको बयान पछी भाउजु श्यामादेवी पक्राउ गरी यी दुईमाथी कर्तव्य ज्यान मुद्दा दायर भएको प्रहरीले जनाएको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *