आन्दोलनकारीमाथि चढाइयो बख्तरबन्द गाडी (भिडियाे सहित)

बैशाख १८ ।  विपक्षी नेता हुवान ग्वाइदोले राष्ट्रपति निकोलस मादुरोविरुद्ध सैन्य विद्रोहको आह्वान गर्दै आन्दोलनमा उत्रिएपछि भेनेजुएलामा पुनः हिंसा शुरु भएको छ । 

 

उनले राष्ट्रपति निकोलस मादुरोलाई हटाउनका लागि निर्णायक कारवाहीको अपिल गरेसँगै थुप्रै संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् । प्रदर्शनका हिंसात्मक दृश्य विभिन्न सञ्चारमाध्यममा छाएका छन् । विशेष गरेर सुरक्षाकर्मीको बख्तरबन्द गाडी प्रदर्शनकारीमाथि चढेको भिडियो यतिबेला भाइरल बनेको छ । 

null

यता, राष्ट्रपति मादुरोले विपक्षी नेता गुआन ग्वाइदा र लियोपोल्दो लोपेजद्वारा आयोजित विरोध कार्यक्रमलाई अमेरिकी साम्राज्यवादको समर्थनमा गरिएको ‘कू’ को प्रयास बताएका छन् । उनका अनुसार उनीहरुको यस्तो प्रयास विफल भएको छ । 

 

‘वैध सरकारलाई हमला एवं सत्ताच्यूत गरेर भेनेजुएलालाई दास बनाउने प्रयास भइरहेको छ । देशको सेना शान्तिको पक्षमा उभिएकोमा म धन्यवाद दिन चाहन्छु,’ मादुरोले थपे । यसै वर्ष ग्वाइदोले आफूलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । उनले जनवरीदेखि मादुरोलाई हटाउन विभिन्न विरोध प्रदर्शन गर्दै आएका छन् । 

लियोपोल्दो लोपेज र उनका परिवार अहिले काराकासस्थित स्पेनिस दूतावासको शरणमा 

यता, प्रदर्शनपछि भेनेजुएलाका विपक्षी नेता लियोपोल्दो लोपेज र उनका परिवारलाई चिलीको डिप्लोमेटिक मिसनबाट काराकासस्थित स्पेनिस एम्बेसीमा स्थानान्तरण गरिएको चिलीका विदेशमन्त्री रोबर्टो एम्प्युरोले बताएका छन् । 

 

एम्प्युरोले उक्त निर्णय लिनुमा ‘नीजि’ कारण भएको जानकारी ट्वीटरमार्फत् दिए । उनले यसबारे थप विवरण दिएका छैनन् । चिलीको विदेश मन्त्रालयले लोपेज र उनका परिवार काराकास स्थित चिली डिप्लोमेटिक मिसन रेसिडेन्सीमा ‘पाहुना’ को रुपमा आएको जानकारी दियो । 

लोपेज, निकोलस मादुरोका प्रमुख आलोचक हुन् । उनलाई सन् २०१५ मा हिंसा बढाएको आरोपमा १४ वर्षको जेल सजाय तोकिएको थियो । मानव अधिकार संगठनले लोपेजमाथिको आरोप राजनीतिक रुपमा प्रेरित भएको आरोप लगाएको थियो । 

लापेजलाई सन् २०१७ देखि नजरबन्दमा राखिएको थियो । उनलाई केही दिनअघि रिहा गरिएको थियो । भेनेजुएलाका २५ सेनाले ब्राजिलमा शरण मागे भेनेजुएलाका दुई दर्जन बढी सेनाले काराकासस्थित ब्राजिलको दूतावासमा शरणको माग गरेको ब्राजिलका राष्ट्रपति जेइर बोल्सोनारोले मंगलबार पत्रकार सम्मेलनमा बताए । 

प्रवक्ता ओताभियो रेगो बारोसले उच्च पदस्थ सैन्य अधिकारी कसैले पनि शरणको माग नगरेको स्पष्टिकरण दिएका छन् । ब्राजिलले मंगलबार रक्षा मन्त्रालयको बजेटमा ५ करोड ७० लाख डलरको बृद्धि गरेको जानकारी दिएको छ । यस मार्फत् भेनेजुएलाका नागरिकलाई देश प्रवेश गर्न र ब्राजिलमा भएका भेनेजुएलाका नागरिकलाई सहयोग गरिने जानकारी दिइएको छ । 

 

अमेरिकी सरकार भेनेजुएलामाथि ‘निकै केन्द्रित’ 

सेक्रेटरी अफ स्टेट माइक पोम्पियोले भेनेजुएलासँग कूटनीतिक पहलबारे छलफल भइरहेको जानकारी दिएका छन् । मंगलबार बेलुका आयोजित बिजनेस एक्जेक्युटिभ फर नेशनल सेक्युरिटी आइसेनहावर अवार्डमा यसबारे जानकारी दिएका हुन् । 

वासिङ्टन डिसीमा आयोजित उक्त कार्यक्रममा अमेरिका भेनेजुएलाबारे निकै केन्द्रित भएको बताएका छन् । एजेन्सी 

 भिडियाे हेर्नुहाेस् 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *