कैलालीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु

कैलाली, ५ जेठ । मोटरसाइकल दुर्घटनामा परी कैलालीमा दुई जनाको मृत्यु भएको छ । शनिबार साझँ छुट्टा छुट्टै दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो । टीकापुर नगरपालिकामा साँझ साढे ७ बजे जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 

बा १६ च ४७१० नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको युपी ३१ एस ५१७० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक टीकापुर नगरपालिका–७ का २६ वर्षीय कमल साउँदको उपचारको क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

 

null

त्यस्तै, शनिबार साँझ जानकी गाउँपालिकास्थित बेलापुरमा भएको मोटरसाइकल दुर्घटनामा थप एक जनाको मुत्यु भएको छ । अपराह्न करिब साढे ५ बजे से २ प ४२४६ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

दुर्घटना हुँदा मोटरसाइकलमा सवार बेलापुरका ३२ वर्षीय रामनारायण चौधरीको घटना स्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक कृष्ण बम गम्भीर घाइते भएका छन् । घाइते बमको टीकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *