हिसान शैक्षिक मेला आज अन्तिम दिन, जात्रै जात्राका टीम आउँदै

 

जेठ १२, काठमाडौं । कक्षा ११ र १२ को परीक्षा दिएर विद्यार्थीलाई लक्षित गर्दै हिसानले आयोजना गरेको शैक्षिक मेला हिजो शनिबार अहिलेसम्मकै बढि विद्यार्थी अभिभावकले अवलोकन गरेका छन् । 

राजधानी स्थित भृकुटीमण्डपमा जारी शैक्षिक मेलाको तेस्रो दिन शनिबार करिब ८५ हजारले अवलोकन गरेको मेला संयोजक युवराज शर्माले बताए । 

null

कान्तिपुर हिसान (उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ, नेपाल) शैक्षिक मेलामा १ सय ५० विभिन्न शैक्षिक संस्थाका स्टल छन् । जहाँ विद्यार्थीले आफुले पढ्न चाहेको विषयदेखि कलेज, लागत तथा छात्रवृत्तिको समेत जानकारी पाउन सक्छन् । मेलामा राजधानीका उत्कृष्ट स्कुल कलेजको सहभागिता रहेको छ । 

 

‘एसईई सकिने बित्तिकै कहाँ कसरी कुन विषय अध्ययन गर्ने अन्यौलता थियो, यहाँ आएपछि अन्यौलता हटेको छ ।’ शनिबार शैक्षिक मेला अवलोकन गर्न आएकी महाराजगञ्जकी प्रेक्षा मरासैनीले भनिन् । 

 

शनिबार मेला अवलोकन गर्न आउने विद्यार्थी, अभिभावकलाई मनोरञ्जन दिनका लागि गायक अनिल सिं समेत उपस्थित भएका थिए । उनले आफ्नो लोकप्रिय गीत गाएर अवलोकन कर्तालाई मनोरन्जन दिलाए । सिंहले ‘ओ माया’, ‘आई लभ यु’, ‘माया पहिलो’, ‘रुवाए पनि ठीकै’ र ‘नाच हे नाच’ बोलको गीत गाए । 

 

‘छैटौं कान्तिपुर हिसान एडुफेयर–२०१९’ को आज अन्तिम दिन कलाकारहरुको भिड लाग्ने भएको छ । आयोजकका अनुसार आज हास्य अभिनेता मनोज गजुरेल, ‘जात्रै जात्रा’ फिल्मका कलाकार टोलीको विशेष सहभागिता रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *