आइएमई पे द्वारा “जे पे गर्दा पनि आइएमई पे” सुविधाको सञ्चालन

 

जेठ ७, काठमाडौँ । आइएमई पे द्वारा “जे पे गर्दा पनि आइएमई पे” सुविधाको सञ्चालनमा आएको छ ।  

मोबाइलबाट नै विभिन्न बिलको भुक्तानी गर्न सकिने डिजिटल सुविधाहरूमा हाल ‘आइएमई पे’ को नाम अहिले चर्चामा रहेकाे छ । 

null

गुगल प्ले र एप स्टोरबाट सजिलै डाउनलोड गरि प्रयोग गर्न सकिने ‘आइएमई पे’ मोबाइल वालेट एपको “जे पे गर्दा पनि आइएमई पे” कार्यक्रम हालै सार्वजनिक पनि भएको छ । यही सन्देशलाई लिएर आइएमई पे ले हालै “जे पे गर्दा पनि आइएमइ पे” नामक कार्यक्रम पनि सुरु गरिसकेको छ । 

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त मोबाइल वालेट एप ‘आइएमई पे’ लाई आफ्नो फोनमा डाउनलोड गरी प्रमाणिकरण गरिएपछि बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइलको रिचार्ज, टि.भीको रिचार्ज, हवाई जहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकारको टिकट, सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि लिएर रेस्टुरेन्टहरू तथा अन्य पसल तथा स्टोरहरूमा पनि रकम भुक्तान गर्न सकिनेछ । 

आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा भन्छन्, “आइएमई पे को प्रमुख लक्ष्य भनेको मोबाइलबाट गरिने भुक्तानी अर्थात् मोबाइल वालेटको प्रयोगलाई सजिलो भन्दा सजिलो बनाउनु नै हो । 

हाल आइएमई पे बाट गरिने भुक्तानीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ र आउँदा दिनमा यो अझै बढ्दै जाने देखिएका कारण आशावादी रहकाे उनी बताउँछन् । 

उनले भने ‘प्रयोगकर्ताहरूको जिज्ञासा र उत्सुकतालाई मध्यनजर गर्दै हामीले भुक्तानी गर्ने विभिन्न स्थानहरूको सङ्ख्यालाई पनि बढाउँदै लिएर जाने लक्ष्य लिएका छौँ । जसबाट सन् २०१९ को अन्त्यसम्म नेपालभर १ लाखभन्दा बढी स्थानहरूमा आइएमई पे बाट नै भुक्तानी गर्न सकिनेछ ।” 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *