भारतको महाराष्ट्रमा माओवादी हमलाः १५ प्रहरी मारिए

 

बैशाख १८, काठमाडौं । महाराष्ट्रको गढचिरौलीमा एक माओवादी हमलामा सुरक्षा बलका १५ जवान मारिएका छन् । 

माओवादीले सुरक्षा बलको एक गाडीमाथि निशाना बनाएको थियो, जसमा १६ जना सवार थिए । ती जवानहरु महाराष्ट्र प्रहरीका सी६० कमाण्डर थिए । घटना जिल्लाको कुरखेडा तालुका नजिकै भएको हो । 

null

 सुरक्षाकर्मीको गाडीलाई निशाना बनाउँदै माओवादी लडाकुँले विस्फोट गराएका हुन् । साेही विस्फाेटमा परी १५ प्रहरीकाे मृत्यु भएकाे हाे । 

गढचिरौली महाराष्ट्रलाई सबैभन्दा ज्यादा माओवादी प्रभावित जिल्लामा गनिन्छ । माओवादीको गुरिल्ला रणनीतिसँग लडाईं गर्नको लागि महाराष्ट्र प्रहरीले एक विशेष दलको स्थापना गरेको थियो, जसमा स्थानीय जनजातिका मानिसहरुलाई पनि संलग्न गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *