फानीका कारण ओडिशामा मृत्यु हुनेको संख्या १६ पुग्याे

बैशाख २२, भारत ।  भारतको ओडिशामा चक्रवाती आँधी फानीका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म १६ पुगेको छ । राज्यका लगभग १० हजार गाउँ र ५२ शहरी क्षेत्रमा राहत र पुनर्वासको कार्य युद्धस्तरमा चलिरहेको छ । यो आँधीमा करिब एक करोड मानिस प्रभावित भएका छन् । 

 

यो चक्रवाती आँधी अत्यधिक शक्तिशाली मानिएको छ । फानी तटीय क्षेत्र पुरीमा शुक्रबार ठोक्किएको थियो । यो चक्रवात ग्रीष्मकालीन चक्रवातमा ‘दुर्लभको पनि दर्लभ’ श्रेणीको हो । पछिल्लो ४३ वर्षमा ओडिशा पुग्ने पहिलो र पछिल्लो १५० वर्षमा आएका तीन शक्तिशाली आँधी मध्ये एक हो । 

null

अधिकारीका अनुसार २४० किलोमिटर प्रतिघण्टाको गतीमा आएको यो भीषण चक्रवाती आँधीका कारण शुक्रबार पुरीमा अत्यधिक वर्षा र आँधी आयो । आँधी कमजोर भएपछि र पश्चिम बंगालमा प्रवेश गर्नुअघि यसको चपेटमा आएका गाउँका धेरैजसो घरको छत उडेका छन् भने थुप्रै घर पूर्ण रुपमा नष्ट भयो । यसअघि सन् १९९९ मा सुपर साइक्लोन आएको थियो जसका कारण १० हजार मानिसको मृत्यु भएको थियो र भीषण क्षती भएको थियो । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *