श्रीमानका अगाडी श्रीमतीको सामूहिक बलात्कार

 

बैशाख २५, काठमाडौं । भारतको एक शहरमा श्रीमानकै अगाडी श्रीमतीको बलात्कार गरेको खुलासा भएको छ । 

अभियुक्तले घटनाको भिडियो बनाउने समयमा पीडित महिलाका श्रीमानलाई पनि निर्घातत कुटपिट गरेको दलित संगठनको आरोप छ । 

null

राजस्थानको अलवर जिल्लामा रहेका एक दलित दम्पत्तीको बाटो छेकेर सुनसान स्थानमा पुर्याइ श्रीमतीमाथि समूहमा आएका ५ जनाले बलात्कार गरी भिडियो भाइरल बनाइएपछि मात्र यस घटना बाहिरिएको हो । 

घटनाको विरोध गर्दै दलित संगठनले अलवरको थानामा प्रदर्शन गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएको छ । प्रहरीले घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिइसकेको छ भने अन्य ४ जनाको खोजी गरिरहेको छ । 

 

घटना अप्रिल २६ को हो । दलित संगठनका अनुसार लोकसभा चुनावका कारण पुलिसले यो घटनालाई थुप्रै दिनसम्म लुकाएर राखे । घटनामा लापरवाही गरेको आरोपमा एसएचओ सरदार सिंहलाई पनि निलम्बन गरिएको छ । 

भिडियो भाइरल बनाइदिने दलित दम्पत्तीलाई धम्की दिएका कारण उनीहरुले मुख नखोलेको बताइएको छ । यद्यपी, पछि पैसा मागेर पीडक समूहले भिडियो भाइरल बनाइदिएको हो । 

राज्यका प्रहरी महानिर्देशक कपिल गर्गले पत्रकार सम्मेलनमा अभियुक्तको खोजीका लागि १४ टिम गठन गरिएको जानकारी दिए । उनले यदि कुनै प्रहरीले घटनामा लापरवाही गरेको पाइए कारवाही गर्ने चेतावनी पनि दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *