सानिमा बैंकले ल्यायो बचत खातामा ६ घातक रोगको बीमा योजना

 

जेठ १४, काठमाडौं । सानिमा बैंकले अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी (Metlife) सँगको सहकार्यमा नँया तथा पुराना बचत खाताका ग्राहकहरुका लागि बीमा योजना ल्याएको छ । 

यस योजना अन्तर्गत ६ घातक रोगहरुको रक्षावरण सहितको ३ लाख रुपैयाँ बीमा तथा २५ हजारको मृत्यु लाभ हुने बीमा बैंकले गरीदिने छ । 

null

यस योजना अन्तर्गत नँया ग्राहकहरुले सानिमा बैंकको बचत खाता खोल्दा बीमा सम्बन्धी आवश्यक आवेदन बुझाउनु पर्नेछ भने पुराना ग्राहकहरुले बंैकको नजिकैको शाखामा सम्पर्क गरि वा बैंकको वेबसाईट www.sanimabank.com मा लग इन गरि बीमा योजनाको आवेदन दिन सक्नेछन् । 

बीमा सम्बन्धी थपजनकारीको लागि नजिकैको शाखा कार्यालयहरुमा सम्पर्क गर्न सकिने वा बैंकको वेबसाईटमा लग ईन गर्न सकिने प्रमुख निक्षेप व्यवस्थापन–रिटेल विमल बास्तोलाले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *