नरेन्द्र मोदीसँगै ५७ सहयोगीले शपथ ग्रहण गरे

 

जेठ १७, भारत, एजेन्सी ।  नरेन्द्र मोदीले भारतको १५ औं प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । 

बिहिबार बेलुका राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति कोविन्दले प्रधानमन्त्री र उनका मन्त्रीमण्डलका ५७ सहयोगीलाई शपथ दिलाए । 

null

प्रधानमन्त्रीसँग २४ क्याबिनेट मन्त्री, ९ राज्यमन्त्री (स्वतन्त्र प्रभार) र २४ राज्यमन्त्रीले पनि शपथ लिएका छन् । रोचक कुरा के छ भने यसपटक भाजपा अध्यक्ष मन्त्री अमित शाहले पनि क्याबिनेट मन्त्रीको रुपमा शपथ लिए । 

विशेष कुरा के छ भने यसपटक मोदीले पछिल्लो सरकारका लगभग ४० प्रतिशत मन्त्रीलाई मन्त्रीमण्डलमा स्थान दिएका छैनन् । त्यसकारण यसपटक नयाँ अनुहारले मौका पाएका छन् । 

 

मोदीले पूर्व विदेश सचिव एस. जयशंकरलाई क्यबिनेटमा स्थान दिएर चकित पारेका छन् । पछिल्लो सरकारमा अर्थमन्त्री रहेका अरुण जेटली स्वास्थ्यका कारण सरकारमा समावेश भएनन् । 

यस्तै, सुषमा स्वराजले लोकसभा चुनाव अघि नै चुनाव नलड्ने घोषणा गरेकी थिइन् । उनी पनि मन्त्रीमण्डलमा संलग्न भइनन् । यसबाहेक जगत प्रकाश नड्डाले पनि शपथ ग्रहण गरेनन् । 

 

राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित समारोहमा मोदीपछि लखनउका सांसद राजनाथ सिंहले शपथ ग्रहण गरे भने उनीपछि अमित शाहले । यसबाट यो अनुमान गरिएको छ कि पछिल्लो सरकारमाझैं यसपटक पनि राजनाथ सिंहको कद सरकारमा दोस्रो स्थानमा हुनेछ । 

चौथो क्रममा नितिन गडकरीले शपथ लिएका छन् भने उनीपछि कर्नाटकका पूर्व मुख्यमन्त्री सदानन्द गौडा, पछिल्लो सरकारमा रक्षामन्त्री रहेकी निर्मला सितारमण, रविशंकर प्रसाद, एलजेपी प्रमुख रामविलास पासवान, नरेन्द्र सिंह तोमर, पटना साहिबबाट जितेका रविशंकर प्रसादले पनि मन्त्री पदको शपथ लिए । 

 

 प्रोबेशनमा रहनेछन् मन्त्रीः 

मोदीको दोस्रो कार्यकालका मन्त्रीमण्डलमा को हुने भन्ने विषयलाई निकै गोप्य राखिएको थियो । 

धेरैजसो सांसदलाई अन्तिम समयसम्म उनको नाम शपथ लिनेहरुको सूचीमा छ छैन भनेर थाहा थिएन । 

बीबीसी संवाददाता जुबैर अहमदका अनुसार यसपटक मन्त्रीमण्डलमा जुन नयाँ नेताले स्थान पाएका छन् उनीहरु एक प्रकारको ‘प्रोबेशन’ (परीक्षण काल) मा रहनेछन् । 

नरेन्द्र मोदी र अमित शाहले मन्त्री पद सुम्पिनु अघि उनीहरुलाई ‘मौका दिएको खण्डमा सय दिनमा के गर्नुहुन्छ ?’ भनेर उनीहरुलाई एक प्रकारको प्रोबेशनमा हुनेछन् भनेर बुझाउन खोजे । 

यसपटक प्रधानमन्त्री नरेन्द्र मोदीले जसलाई मन्त्री र गोपनियताको शपथ ग्रहण गराए, उनीहरुको नाम यसप्रकार छः 

क्याबिनेट मन्त्रीः 

१. राजनाथ सिंह – लखनऊ (उत्तर प्रदेश) 

२. अमित शाह – गान्धी नगर (गुजरात) 

३. नितिन गडकरी – नागपुर (महाराष्ट्र) 

४. डीवी सदानन्द गौडा – बेंगलुरु उत्तर (कर्नाटक) 

५. निर्मला सीतारमण – राज्यसभा सदस्य 

६. रामविलास पासवान – चुनाव लडेनन् 

७. नरेन्द्र सिंह तोमर – मुरैना (मध्य प्रदेश) 

८. रविशंकर प्रसाद – पटना साहिब (बिहार) 

९. हरसिमरत कौर बादल – बठिन्डा (पंजाब) 

१०. थावरचन्द गहलोत – राज्यसभा सदस्य 

११. एस जयशंकर – पूर्व विदेश सचिव 

१२. रमेश पोखरियाल निशंक – हरिद्वार (उत्तराखण्ड) 

१३. अर्जुन मुन्डा खून्टी (झारखण्ड) 

१४. स्मृति ईरानी – अमेठी (उत्तर प्रदेश) 

१५. हर्षवर्धन – चांदनी चोक (दिल्ली) 

१६. प्रकाश जावडेकर – राज्यसभा सदस्य 

१७. पियुष गोयल – राज्यसभा सदस्य 

१८. धर्मेन्द्र प्रधान – राज्यसभा सदस्य 

१९. मुख्तार अब्बास नकवी – राज्यसभा सदस्य 

२०. प्रहलाद जोशी – धारवाड (कर्नाटक) 

२१. महेन्द्रनाथ पाण्डेय – चन्दौली (उत्तर प्रदेश) 

२२. अरविन्द सावन्त – मुम्बई दक्षिण (महाराष्ट्र) 

२३. गिरिराज सिंह – बेगूसराय (बिहार) 

२४. गजेन्द्र सिंह शेखावत – जोधपुर (राजस्थान) 

राज्यमन्त्री (स्वतन्त्र प्रभार) 

१. सन्तोष गंगवार – बरेली (उत्तर प्रदेश) 

२. राव इन्द्रजीत सिंह – गुडगाँव (हरियाणा) 

३. श्रीपद नाइक – उत्तर गोवा (गोवा) 

४. जीतेन्द्र सिंह – उधमपुर (जम्मू–कश्मीर) 

५. किरेन रिजिजू – अरुणाचल पश्चिम 

६. प्रहलाद पटेल – दमोह (मध्य प्रदेश) 

७. आरके सिंह – आरा (बिहार) 

८. हरदीप पुरी – राज्यसभा सदस्य 

९. मनसुख मान्डविया – राज्यसभा सदस्य 

राज्यमन्त्री 

१. फग्गन सिंह कुलस्ते – मन्डला (मध्य प्रदेश) 

२. अश्विनी चौबे – बक्सर (बिहार) 

३. अर्जुन राम मेघवाल – बीकानेर (राजस्थान) 

४. वीके सिंह – गाजियाबाद (उत्तर प्रदेश) 

५. कृष्णपाल गुर्जर – फरीदाबाद (हरियाणा) 

६. रावसाहेब दानवे – जालना (महाराष्ट्र) 

७. जी किशनरेड्डी – सिकंदराबाद (तेलंगाना) 

८. पुरुषोत्तम रुपाला – राज्यसभा सदस्य 

९. रामदास आठवले – राज्यसभा सदस्य 

१०. साध्वी निरञ्जन ज्योति – फतेहपुर (उत्तर प्रदेश) 

११. बाबुल सुप्रियो – आसनसोल (बंगाल) 

१२. सञ्जीव बालियान – मुजफ्फरनगर (उत्तर प्रदेश) 

१३. सञ्जय धोत्रे – अकोला, महाराष्ट्र 

१४. अनुराग ठाकुर – हमीरपुर, हिमाचल 

१५. सुरेश अंगडी – बेलगाम, कर्नाटक 

१६. नित्यानन्द राय – उजियारपुर (बिहार) 

१७. रतन लाल कटारिया – अम्बाला (हरियाणा) 

१८. वि मुरलीधरन – राज्यसभा सदस्य 

१९. रेणुका सिंह सरुता – सरगुजा (छत्तीसगढ) 

२०. सोम प्रकाश – होशियारपुर (पंजाब) 

२१. रामेश्वर तेली – डिब्रूगढ (असम) 

२२. प्रताप चन्द्र सारंगी – बालासोर (ओडिशा) 

२३. कैलाश चौधरी – बाडमेर (राजस्थान) 

२४. देबश्री चौधरी – रायगंज (बंगाल) 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *