एकै घरबाट यतिका धेरै हतियार बरामद

बैशाख २६ । बुधबार अमेरिकाको लस एन्जेल्स सहरको सम्पन्नहरुको बसोबास रहेको एक घरमा हजारभन्दा बढी बन्दुक भेटिएको छ । 

 

गैरकानुनी रुपमा हातहतियार निर्माण तथा बिक्री भइरहेको आशंकामा प्रहरीले छापा मार्दा सो हात–हतियार भेटिएको थियो । 

null

अमेरिकाका दुई सुरक्षा एजेन्सीले संयुक्त रुपमा सो छापा मारेका थिए । सर्च अपरेसनमा अमेरिकाको ‘ब्युरो अफ अल्कोहल, टोबाको, फायरआर्म एण्ड एक्स्प्लोसिभ्स’ र लस एन्जेल्स प्रहरी विभाग संलग्न थिए । 

घटनास्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउबारे प्रहरीले थप जानकारी बाहिर ल्याएको छैन । घटनास्थलको हवाई फुटेजमा सडकमा ओछ्याइएको त्रिपालमा सयौं बन्दुक राखिएको देखिन्छ । त्यहाँ ह्याण्डगनदेखि राइफलसम्म छन् । 

यस अघि सन् २०१५ मा लस एन्जल्स प्रहरी विभागले १२ सय बन्दुक, सात टन विस्फोटक पदार्थ र २ लाख ३० हजार अमेरिकी डलर बरामद गरेको थियो । प्रहरी पुग्दा घरधनी भने मृत पाइएका थिए । 

उक्त समय लस एन्जल्स प्रहरी विभागले त्यसलाई एक घरबाट बरामद भएको सबैभन्दा ठूलो मात्राको हतियार बताएको थियो । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *