अदालतका कर्मचारी कार्यालयमै भेटिए मृत

ओखलढुङ्गा, ११ जेठ । जिल्ला अदालत ओखलढुङ्गामा कार्यरत एक कर्मचारी कार्यालय समयमा मृत भेटिएका छन् । अदालतका कार्यालय सहयोगी सिद्धिचरण नगरपालिका-३ केराउस्वाँराका ४६ वर्षीय पोष्टप्रसाद दाहाल मृत भेटिएका हुन् । 

अस्थायी करार सेवामा उनी २०६२ सालदेखि जिल्ला अदालत ओखलढुङ्गामा कार्यरत रहँदै आएका थिए । अदालतका श्रेष्तेदार नेत्रबन्धु पौडेलका अनुसार रातिको समयमा कार्यलयमा बस्ने दाहाल दिउँसो सुत्ने गरेका थिए । उनी दिनभर बाहिर नआएपछि अर्का कर्मचारीले ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटाएका हुन् । 

अदालतको कर्मचारी आवास गृहमा शुक्रबार अपहन्न दाहाल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *