विप्लव नेताको ढुंगा प्रहारबाट एक प्रहरी घाइते

बैशाख २७, रुकुम । रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका नेता डिल्लीराज शर्मालाई पक्राउ गर्न हवाई फायर गर्दा शर्माले आफ्नो बचाउको लागि प्रहरीलाई  ढुंगा हान्दा एक प्रहरी घाईते भएका छन् । 

जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष शर्मालाई पक्राउ गर्न उक्त हवाई फायर गर्नु परेको हो । 

शार्मालाई पक्राउ गर्न खोज्दा उनी भाग्न खोजेपछी प्रहरीले हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *