नेपालमा पहिलो पटक मानिसमा बर्डफ्लु, एक जनाको मृत्यु

 

बैशाख १९, काठमाडौं । नेपालमा पहिलो पटक बर्डफ्लु (एच फाइभ एन वान) को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

कुखुरासहितका पंक्षीबाट सर्ने बर्डफ्लु रोगबाट काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको हो । बर्डफ्लुका कारण नेपालमा मानिसको मृत्यु भएको यो पहिलो घटना हो । 

null

गत चैत १० मा ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई चिकित्सकले इन्फ्लुएन्जाको औषधि दिएका थिए। श्वासप्रश्वासमा समस्या भएर उनको चैत १५ मा मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको हो । 

चैत १० गते अस्पताल भर्ना भएका ती युवाको र्याल परिक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । रिपोर्ट नआउँदै उनको चैत १५ गते नै मृत्यु भयो । 

उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्यालमा कुन भाइरस हो भन्ने प्रमाणित हुन नसकेपछि उक्त नमुना जापान पठाइएको थियो । 

नमुनाको नतिजा बैशाख १७ गते मंगलबार नेपाल आएको हाे, जसमा बर्डफ्लु भएको उल्लेख गरिएको छ । 

मन्त्रालयले मानिसमा बर्ड फ्लु भेटिएपछि कुखुराको मासु खानु अगाडि सतर्क हुन सुझाब दिएको छ । विश्वमा हालसम्म ८ सय ६०  मानिसमा बर्डफ्लु देखिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *