आफ्नै घरभित्र महिलाको रहस्यमय मृत्युः श्रीमान् र नाति बेहोस भेटिए

 

जेठ १२, दार्चुृृला । दार्चुलामा आफ्नै घरमा सुतिरहेको अवस्थामा एक महिला मृत अवस्थामा भेटिएका छन् भने सँगै सुतेका श्रीमान र एक नाति बेहोस अवस्थामा भेटिएको छ । 

मृत अवस्थामा भेटिएको महिला दार्चुला महाकाली नगरपालिका ३ काटैकी द्रोपति महरा रहेकी छिन् भने वेहोस अवस्थामा भेटिएका उनका श्रीमान् नरभान र उनका एक एक नाति रहेका छन् । 

null

जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाए अनसार बेहोस अवस्थामा भेटिएका उनको नातिको होस खुलेपनी उनका श्रीमान् नरभान भने अझै बेहोस नै अवस्थामा रहेका छन् । 

उक्त मृत भेटिएकी महिला दार्चुलाका एक पसल सञ्चालिका रहेकी खुल्न आएको छ ।  घटना के–कसरी भयो  कारण खुल्न नसिकएकोले घटनाको छानबीन भइरहेको र घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुकुर धनगढीबाट मगाइ सकिएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *