राष्ट्रपतिद्वारा भगवती चौधरी संविधान पदक तथा सम्मानपत्रबाट सम्मानीत

 

जेठ १७, काठमाडौं । पहिलो संविधानसभामा संविधान लेखनमा महत्वपूर्ण योगदान पुर्याएवापत पूर्वराज्यमन्त्री तथा पहिलो संविधानसभाकी सदस्य महिला अधिकारकर्मी नेतृ भगवती चौधरीलाई सम्मान तथा पदक दिइएको छ । 

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारीले भगवती चौधरी सहित, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पहिलो तथा दोस्रो संविधानसभाका सभाषदहरु समेत गरी १ हजार १ सय ९ जनालाई सम्मान गरेकी हुन् । 

null

पदक प्राप्त गरेपछि नेतृ चौधरीले राज्यले राष्ट्रनिर्माण र संविधान निर्माणमा सक्रिय रहेकाहरुलाई कदर गरेकोमा खुसी ब्यक्त गरिन् । ‘जनताका पक्षमा आफ्नो स्थानबाट केहि गरेको रहेछु भन्ने महशुष भयो ।’ नेतृ चौधरीले मकालु खबरसँग भनिन् । 

सुनसरीको दुहवी स्थायी घर भएकी नेकपाकी केन्द्रिय सदस्य तथा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लि. की अध्यक्ष भगवती चौधरीले पहिलो संविधानसभामा महिला अधिकारका सवालमा संविधानसभामा समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् । 

फरवार्ड नेपाल मार्फत ग्रामिण क्षेत्रमा रहेका महिलाहरुलाई शशक्तिकरण गर्दै उनीहरुलाई सामाजिक, आर्थिक क्षेत्रमा अग्रसर गराउन नेतृ चौधरीको योगदान प्रशंसनिय रहेको छ । देशका ४० भन्दा बढि क्षेत्रमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स मार्फत दुई लाख ३० हजार बढि महिला आर्थिक शशक्तिकरणमा लागेका छन् ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *