आजदेखि तातोपानी नाका खुल्ने

काठमाडौं, १५ जेठ । आजदेखि नेपाल चीनको प्रमुख व्यापारिक नाका तातोपानी औपचारिक रुपमा खुल्ने भएको छ । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पपछि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाकाको आज उद्योग, वाणिज्य तथा आपूर्तिन्त्री र चिनियाँ अधिकारीले औपचारिक रुपमा शुभारम्भ गर्ने कार्यक्रम छ । 

चीन सरकारका तर्फबाट भाइस मिनिष्टर अफ जनरल एडमिनिष्ट्रेशन, कस्टम अफ चाइना र चीनको स्वशासित क्षेत्र तिब्बतका वरिष्ठ अधिकारी तथा सम्बद्ध निकायका पदाधिकारी सहभागी हुने जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । 

उद्घाटनका लागि १४ जेठमा चीन प्रवेश गरेका चारवटा कन्टेनर चिनियाँ सामान लिएर आज नेपाल भित्रिने कार्यक्रम रहेको चेम्जोङले बताईन् । नाका खुलाउने सिलसिलामा १४ जेठमा चिनियाँ राजदूत होउ यान्छी निरीक्षणका लागि तातोपानी पुगेका छन् । राजदूत यान्छीले गाउँपालिकाका जनप्रतिनिधिसँग छलफलसमेत गरेका थिए । 

null

 

नाका सञ्चालनका लागि चीनले लार्चास्थित भोटेकोशीको ११२ मिटर पक्की पुलका साथै ५०० रोपनी क्षेत्रमा फैलिएको अत्याधुनिक सुख्खा बन्दरगाहको निर्माण गरिदिएको छ । यसअघि सीमापुलस्थित लिपिङबाट भन्सारको काम हुँदै आएको थियो । तर अब लिपिङबाट ६.५ किलोमिटर तलरहेको लार्चाबाट सबै काम हुने भएको छ । 

अरनिको राजमार्गको बसेरीदेखि सीमापुलसम्मको बाटो पनि चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्वाण सम्पन्न भएको छ । सीमापुलदेखि बाह्रबिसेसम्मको सडक भने नेपाल सरकारले निर्माण सम्पन्न गरिसकेको सडक डिभिजन कार्यालय दोलखाका इञ्जिनीयर प्रदीप निरौलाले बताए । तातोपानीमा बिहान ११ बजे नेपाल र चिनियाँ अधिकारीबीच द्विपक्षीय छलफल हुनेछ । 

त्यस्तै १२ बजे दुई देशका उच्च अधिकारीको उपस्थितिमा तातोपानी नाका पुनः सञ्चालनमा आएको घोषणा गरिनेछ । नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ । वार्षिक रु २० अर्बको आयात र रु तीन अर्ब बढीको निर्यात हुने सो नाका सञ्चालनमा आउने खबरपछि स्थानीय व्यवसायीसमेत उत्सााहित भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *