पार्टी एकता नटुंगिँदै समाजवादीमा विवाद

 

बैशाख २६, काठमाडौं । पार्टी एकता सम्मानजनक नभएको भन्दै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका केही शीर्ष नेताहरु असन्तुष्ट भएका छन् । संघीय समाजादी फोरम र नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी समितिमा नपरेको भन्दै उनीहरुले पार्टी एकतामा असन्तुष्टी जनाएका हुन् । 

फोरमसँगको पार्टी एकता प्रकृया नै गलत भएको निष्कर्ष निकाल्दै नयाँ शक्तिका सचिवालय सदस्यहरु कल्पना धमला, भक्तबहादुर शाह, रामबहादुर बोहोरा, सोनामसिंह स्याङतान, ज्ञानेन्द्र कुमाल, देवेन्द्र पराजुलीलगायतका नेताहरु विकल्पको खोजीमा लागेका छन् । 

null

उनीहरु सबै माओवादीबाट नयाँशक्ति पार्टीमा गएका थिए । 

उनीहरुसँगै विज्ञ परिषद् सदस्य मदन राईलगायतका नेताहरु समेत असन्तुष्ट छन् । पार्टी एकताअघि पर्याप्त छलफल नभएको र एकतापछि गठन भएको समाजवादी पार्टीमा नयाँ शक्तिका नेताहरुको स्थान सुरक्षित नभएको उनीहरुको भनाइ छ । यस विषयमा बुधबार उनीहरुले आन्तरिक छलफल समेत गरेका थिए । 

‘एकता प्रकृया नै गलत ढंगले गरिएको छ । पहिला पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास हुन सकेन भनेर बृहत् लोकतन्त्रको कुरा गरेका हामी माओवादीबाट नयाँशक्ति पार्टी गठन गरेका हौँ’, असन्तुष्ट मध्ये एक नेता राजुलीले मकालु खबरसँग भने, ‘यहाँ पनि लोकतान्त्रिक अभ्यास हुन नसकेपछि हामी सोच्न बाध्य भएका छौँ । आफ्ना मागबारे समाजवादी पार्टीका नेताहरुसँग तत्काल कुरा पनि गर्नेछौँ ।’ 

नेकपामा प्रवेश गर्ने चर्चा 

पार्टी एकताबाट असन्तुष्ट बनेका नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने तयारी गरेको समेत बताइएको छ । पार्टीभित्र परामर्श र छलफल विनै फोरमसँग एकता गरेको भन्दै असन्तुष्ट बनेका सचिवालयका केही नेता नेकपामा प्रवेश गर्ने गरी छलफल अघि बढेको स्रोतले बतायो । स्रोतका अनुसार पूर्वमन्त्री समेत रहेकी नेता कल्पना धमलाले यो समूहको नेतृत्व गरेकी छन् । 

बुधबारमात्रै तत्कालीन नयाँ शक्तिकी केन्द्रीय कार्यकारीणी सदस्य सीमा विश्वकर्मा नेकपामा प्रवेश गरेकी छिन् । अरु नेताहरु भने नेकपाका नेतासँग आन्तरिक छलफलमै छन् । एक नेताले भने, ‘नेकपामा जाँदा पनि त्यही अनुसारको सम्मान चाहियो । छलफल चलिरहेको छ, तर टुंगिएको छैन । ’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *