गाउँपालिका अध्यक्षको घरमा बम विष्फाेट

काठमाडौं, ४ जेठ । सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा प्रेसर कुकर बम विष्फोट भएको छ । गएराति अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा अज्ञात समूहले बम विष्फोट गराएको प्रहरी नायब उपरीक्षक भावेश रिमाललले जानकारी दिए ।बम विष्फोटबाट गोइतका काका श्याम गोइत घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विष्फोटबाट प्रतिक्षालयमा रहेको टेबुल, कुर्सी र फर्निचरको जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।बम विष्फोटनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विष्फोट गराउने समूह भारतीय सिमानाबाट भाग्न सक्ने भएकाले सो सिमानामा समेत प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक रिमालले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *