मृत्युबारे थाहा पाउँन विद्यार्थीले आत्महत्या गरेपछी

 

जेठ ५ ।  भारतको जवहारलाल नेहरु विश्वविद्यालयको लाइब्रेरीभित्र एक छात्रले आत्महत्या गरेको नवभारत टाइम्सले बताएको छ । छात्रको शव पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको थियो । मृत्युअघि छात्रले प्राध्यापकलाई इमेल लेखेर आत्महत्या बारे जानकारी दिएका थिए । 

पंखामा झुण्डिनका लागि ल्याण्डलाइन टेलिफोनको तार प्रयोग गरिएको थियो । घटनाबारे शुक्रबार दिउँसो जानकारी भएको थियो । मृत्यु हुनेमा एमए अन्तिम वर्षका विद्यार्थी थिए । 

null

नवभारत टाइम्सले दक्षिण पश्चिम जिल्लाका डिसिपी देवेन्द्र आर्यलाई उद्धृत गर्दै छात्रको नाम ऋषि जे. थोमस बताएको छ । उनका अनुसार मृत्यु अघि छात्रले बिहान ११ः३१ बजे एक प्राध्यापकलाई सुसाइड नोटको रुपमा एक इमेल पठाएका थिए । मेलमा थोमसले लेखेका थिए, ‘धेरै दिनदेखि मृत्युलाई भौतिक रुपमा हेर्ने चाहना थियो । मेरो आमा बुवाको हेरबिचार गर्नु ।’ उक्त मेल अंग्रेजीमा लेखिएको बताइएको छ । 

स्रोतका अनुसार पुलिसलाई लाग्छ कि थोमस मृत्युको रहस्य जान्न उत्सुक थिए । सायद उनी थाहा पाउन चाहन्थे कि आखिर मान्छेको मृत्यु कसरी हुन्छ र मृत्यु कसरी आउँछ भनेर उनी जान्न चाहन्थे । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *