पाकिस्तानमा महंगी बढ्योः इमरान भन्छन्– ‘ऋण चुकाउन मूल्य वृद्धि’

 

बैशाख २९, पाकिस्तान । पाकिस्तानमा महंगी बढीरहँदा प्रधानमन्त्री इमरान खानले बढ्दो महंगीको आभाष भएपनि ऋण तिर्नका लागि मुश्किल समय पार गर्नुपर्ने बताएका छन् । 

पत्रिका एक्सप्रेसका अनुसार रावलपिण्डीमा एक अस्पतालको उद्घाटन गर्ने क्रममा इमरान खानले भने, ‘हामीसँग दुईवटा अप्शन थियो । या त हामी ऋण बढ्न दिऊँ, या त मूल्य वृद्धि गरौँ । ऋणको बिमारी अन्त्य गर्नका लागि अपरेशन गनुपर्ने हुन्छ । म जब सरकारमा आएँ तब १३०० अरब रुपैयाँ ऋण विरासतमा मिल्यो । ऋण चुकाउनका लागि आम्दानीमा बढावा र खर्चमा कमी गर्नुपर्ने हुन्छ ।’ 

null

वास्तवमा पाकिस्तानको अर्थव्यवस्था संकटमा छ । दैनिक उपभोग्य सामानहरु महंगिएको छ । पेट्रोल, ग्यास, विजुलीको मूल्य आकाशिएको छ । 

एक्सप्रेस अखबारका अनुसार पाकिस्तानको जीडीपी विकासदर हालको आर्थिक वर्षका लागि केवल ३.२९ प्रतिशत रह्यो, जबकि अनुमान ८.६ प्रतिशत थियो । यो दर पछिल्लो ९ वर्षमा सबैभन्दा कम हो । 

पाकिस्तानको वित्तिय कठिनाइबाट निकाल्नका लागि आईएमएफ (अन्तर्राष्ट्रिय मुद्रा कोष) बाट बेलआउट प्याकेजको कुरा चलिरहेको छ । 

एक्सप्रेसका अनुसार पाकिस्तान र आईएमएफबीच बेलआउट प्याकेजलाई लिएर सम्झौता भइसकेको छ । अखबारले ‘७५०’ अरबको कर र ८ अरब डलर प्याकेज शीर्षक बनाएको छ । 

पत्रिकाले लेखेको छ कि ३ वर्षको कार्यक्रममार्फत् आईएमएफ पाकिस्तानको किस्तामा ८ अरब डलर रकम दिनेछ । पत्रिकाका अनुसार सम्झौता अनुसार पाकिस्तान करिब ७५० अरब रुपैयाँ नयाँ कर लगाउने छ । 

सम्झौता शर्तअनुसार सबै क्षेत्रमा दिइने सब्सिडी बन्द गरिदिइने छ र घाटामा चलिरहेको कम्पनीलाई निजीकरण गरिदिइने छ । डलरको मूल्य र ब्याजदर बजारको हिसाबबाट तय गरिनेछ । 

यसबाहेक पाकिस्तान आईएमएफबाट मिल्ने सबै पैसा चीन र दोस्रो मित्र राष्ट्रबाट मिल्ने ऋण चुकाउनका लागि प्रयोग गर्न पाउने छैन । 

तर नवा ए वक्त पत्रिकाका अनुसा आईएमएफसँगको कुराकानी अहिले पुरा भइसकेको छैन । पत्रिकाका अनुसार इमरान खानले आफ्नो टीमलाई भनेका छन्, ‘आईएमएफसँग आफ्नो शर्तलाई थोरै नरम गर्न भन्नुहोस् ।’ बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *