जातीय भिडन्तमा २२ को ज्यान गयो

 

जेठ १७, सुडान । जातीय समूहहरूबीच भएका भिडन्तमा परी दक्षिणी सुडानको सीमा क्षेत्रमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । 

सुडानका सूचना मन्त्री मिचेल मयौतले दिएको जानकारी अनुसार बिहीबार दुई जातीय समूहबीच झडप भएको र उनीहरू दुई फरक फरक स्थानका युवाहरू हुन् । 

null

यसअघि गत मङ्गलबार भएको अर्को झडपमा परी एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरु १८ जना घाइते भएका थिए । 

प्रवक्ता मयौतले मङ्गलबार भएको झडपका क्रममा अरु झण्डै तीन हजार जना लुटिएको पनि जानकारी दिए । ‘मङ्गलबार बिहान सुरु भएको झडप राति अवेरसम्म चलेको थियो,’ उनले भने । 

दक्षिण सुडानमा लामो समयदेखि साम्प्रदायिक झडपहरू हुने गरेका छन्। उनीहरूको भिडन्तका क्रममा सयौँ मारिएका छन् भने त्यो भन्दा धेरै घाइते भएका छन् । त्यसैगरी अरु धेरै जना लुटिएको अधिकारीहरूले जनाएका छन्। –एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *