मापदण्ड विपरित सञ्चालित पेट्रोल पम्प हटाइने

वैशाख २०, काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्ड विपरित सञ्चालित पेट्रोल पम्प हटाइने बताएका छन् । 

 

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले आज यहाँ आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि छलफल’मा उनले काठमाडौँको ट्राफिक सुधारका लागि सडक वरपर मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प हटाउन लागेको बताएका हुन । 

null

“यातायात क्षेत्रको सुधारका लागि अस्तव्यवस्त ढङ्गले सञ्चालन गर्न लागेको बस काउन्टर हटाउन लागेका छौँ,”–उनले भने । उनले उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउँदै दुर्घटना घटाउन ट्राफिक लाइट, जेब्राक्रसिङ, आकाशे पुल निर्माण गर्न लागिएको बताए । 

प्रमुख जिल्ला अधिकारी आचार्यले उपत्यकाको शान्ति सुरक्षालाई मजबुद बनाउनका लागि रु पाँच करोडको लगानीमा सिसि क्यामरा जडान गर्न लागेको जानकारी दिए । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन महाशाखाले तीन महिने कार्ययोजना बनाएर अगाडि बढेको बताए । 

महाशाखाका प्रमुख पन्तले काठमाडौँमा बढ्दै गएको ट्राफिक जामलाई न्यूनीकरण गर्न टुँडिखेल वरपरका क्षेत्र र कोटेश्वरमा ‘पिक एण्ड ड्रप’को व्यवस्था गरिएको बताउँदै आइतबारदेखि उक्त व्यवस्था कलङ्की क्षेत्रमा पनि लागू गरिने बताए । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले मुलुकको समग्र यातायात क्षेत्रको सुधारका लागि बस काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनुपर्ने बताए । 

“यात्रुले अनिवार्य रुपमा टिकट काटेर यात्रा गर्नुपर्छ,”–उनले भने । यातायात क्षेत्रको सुधारका लागि सरकारले चालेको कदमलाई महासङ्घले स्वागत गरेको उनको भनाई छ । 

काठमाडौँ महानगरपालिका–१४ शोभा सापकोटाले उपत्यका भित्रिने प्रमुख नाका कलङ्कीलाई व्यवस्थित गर्नुपर्ने बताए । नेपाल यातायात मजदूर संघ प्रदेश ३ का अध्यक्ष जगन्नाथ गौतम, नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल मजदूर संघका अध्यक्ष सोम तामाङलगायतले सरकारले यातायात क्षेत्रको सुधारका लागि पूर्वाधार विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिए । 

महाशाखाले कलङ्की क्षेत्रलाई व्यवस्थित गर्नका लागि उपत्यकाभित्र चल्ने सवारी साधनलाई एकठाउँ उपत्यका बाहिर चल्ने सवारी साधनलाई अर्कोठाँउ र मोटरसाइकललाई अर्कोठाँउमा ‘पिक एण्ड ड्रप’को व्यवस्था मिलाइएको प्रभागका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *