राप्तीमा डेढ करोडको ताल निर्माण हुँदै

 

बैशाख ३०, चितवन । चितवनको राप्ती नगरपालिका–६ स्याली टोलमा बाढीका कारण पुरिएको भष्माणी ताललाई पुर्ननिर्माण गर्न लागिएको छ । प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय उपभोक्ताको लागत सहभागीतामा ताल पुनर्निर्माण गर्न लागिएको हो । 

पुनर्निर्माण गर्न लागिएको तालकाके प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले शिलान्यास गरे । ताल निर्माणका जिम्मा स्थानीय जनमुखी दुग्ध उत्पादक बहुउद्देश्यीय सहकारी संस्थालाई दिइएको छ । 

null

प्रदेश सरकारको ८२ लाख रुपैयाँ, त्यसको २० प्रतिशत राप्ती नगरपालिका र ३० प्रतिशत स्थानीयको सहभागीतामा ताल निर्माण गर्न लागिएको राप्ती नगरपालिका कार्यपालिका सदस्य पुष्पा कुँवरले जानकारी दिइन् । 

कुँवरका अनुसार करिब १५ विगाहा क्षेत्रफलमा माछा पोखरीसहितको ताल निर्माण गरिने छ । सोही ताललाई पुननिर्माण गरि स्थानीयको आय आर्जनलाई टेवा पुर्याउने गरी माछा पोखरीको रुपमा समेत विकास गरिने कार्यपालिका सदस्य कुँवरले बताइन् । 

जनमुखी दुग्ध उत्पादक बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती नगरपालिकाकी प्रमुख प्रभा वराल, खगेन्द्रमल्ली मध्यवर्ती उपभोक्ता समितिका उपाध्यक्ष धर्मराज सेढाई, प्यारीढाप पोष्टका रेन्जर रामवहादुर कुँवर, राप्ती ६ का वडा सदस्य राजकुमार तामाङ लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *