प्रदेश–१ को नाम र राजधानी प्रस्ताव आइतबार, छलफल जारी
मकालु खबर
२०७६ वैशाख २० गते
बैशाख १९, विराटनगर । प्रदेश–१ को नाम र राजधानीका लागि प्रस्ताव गर्ने समय थप गरिएको छ ।
प्रदेश सभाको अघिल्लो बैठकले १९ गतेसम्मको प्रस्ताव दर्ता गराउन समय तोकेको थियो तर हालसम्म पनि दर्ता हुन नसकेपछि प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव गर्ने समय ३ दिन थप गरिएको हो ।
null
प्रतिपक्ष र सत्तापक्षको सहमतिमा २२ गते पुनः यसै विषयमा छलफल हुने जानकारी दिइएको छ । संसद सचिवालयले आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको बिहीबार सूचना प्रकाशित गरेको छ ।
हाल प्रदेशको नाम र राजधानीको विषयलाई टुङ्गो लगाउन सत्तारुढ दल नेकपाको प्रदेश कमिटि र केन्द्रीयस्तरका नेताहरुबीच छलफल भइरहेको छ ।
छलफलमा कोशी तथा सगरमाथा अञ्चलका सांसद तथा नेतासंग प्रदेश इन्चार्ज भीम आचार्य, सह–इन्चार्ज सावित्री काफ्ले, मुख्यमन्त्री शेरधन राई लगायत सहभागी छन् ।
मकालु खबर
२०७६ वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित