४७ वर्षीय श्रेष्ठको शंकास्पद अवस्थामा मृत्यु

चितवन, १२ जेष्ठ । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं १ लंकालाईनमा एक जनाको शंकास्पद अवस्थामा मृत्यु भएको छ । ४७ वर्षीय कुमार सिंह श्रेष्ठको शंकास्पद अवस्थामा शव फेला परेको हो । 

 

विहान ६ बजेसम्म बुबा नउठे पछि ढोका खोल्न जाँदा बुबा मृत अवस्थामा भेटिएको मृतकका छोरा सुमन श्रेष्ठको भनाई छ । बेलुका ८ः३० बजेसम्म बुबासंग कुरा भएको र बेलुका खानाखान ढिलो हुने बताएपछि आफूहरुले खाना खाई घरको माथिल्लो तलामा सुतेको उनले बताए । 

null

 

घटनाको सम्बन्धमा बिहान थाहा भएपछि प्रहरी सो स्थानमा पुगेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी सन्तोष आचार्यले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *