मोदीलाई बधाई दिँदै के भने प्रधानमन्त्री ओलीले ?


जेठ ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीलाई सामाजिक सञ्जाल ट्वीटर मार्फत् बधाई दिएका हुन् ।
null
बधाई सन्देशमा प्रधानमन्त्री ओलीले मोदीको अबको कार्यकाल पनि सफल रहोस् सहकार्य गरेर अघि बढ्ने उल्लेख गरेका छन् ।
I extend warmest congratulations to Prime Minister @narendramodi ji for landslide election victory in the Lok Sabha Elections 2019. I wish all success ahead. I look forward to working closely with you. #PMOIndia
भारतमा जारी १७ औं लोकसभा निर्वाचनको हालसम्मको मतगणनाले फेरि मोदी सरकार फर्किने तय गरिसकेको छ ।
भारतको इतिहासमा पहिलो पटक बहुमतका साथ कुनै गैर–कांग्रेस दलको सत्ता फर्किन लागेको हो । भारतमा बहुमतका साथ लगातार दोस्रो पटक कुनै पार्टी सरकार बनाउने स्थितिमा आएको यो पहिलो पटक हो ।
